विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस २९, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आइतबार सम्पन्न ३२औँ वार्षिक साधारण सभाले उक्त लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने भएको हो ।

कम्पनी ऐन, २०६३ वमोजिम सरकारको स्वीकृति लिएर शेयरधनीहरूलाई नगद लाभांश यथाशक्य छिटो वितरण गरिने कम्पनीले जनाएको छ । यस कम्पनीमा सरकारको आंशिक लगानी रहेको छ । कम्पनीले प्रिमियम मूल्यमा १ करोड कित्ता सेयर थप सार्वजनिक निष्काशन (एफपिओ) का लागि नेपाल धितोपत्र बोर्डमा दरखास्त पेश गरी प्रक्रियामा रहेको छ । 

कम्पनीले ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत् केन्द्र सञ्चालन गरिरहेको छ ।  साथै सहायक तथा सम्वद्ध कम्पनीमार्फत् सञ्चालित ४ मेगावाटको खुदी जलविद्युत केन्द्र र ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत् केन्द्र पनि सञ्चालनमा छन् । खिम्ती प्रथम जलविद्युत केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखि नेपाल विद्युत् प्राधिकरणमा जाने भए पनि हालसम्म विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) मा सहमति नभएका कारण अन्तरिम प्रवन्ध अन्र्तगत उक्त केन्द्रबाट प्राधिकरणलाई विद्युत् आपूर्ति भइरहेको छ । 

लमजुङमा ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ वैशाख २७ देखि सञ्चालनमा आएको छ । विद्युत् प्राधिकरणबाट निर्माण हुनुपर्ने प्रसारण लाइन निर्माणमा ढिलाई भएका कारण आयोजनाले वैकल्पिक प्रसारण लाइन निर्माण गरी न्यादीको विद्युत् आपूर्तिको व्यवस्था गरिएको छ । यद्यपि, प्राधिकरणले वर्षायाममा सबै विद्युत् नलिएका कारण आर्थिक आम्दानी गुमेको कम्पनीले जनाएको छ । आव २०८२ को साउनदेखि उक्त आयोजनाको पिपिए ‘टेक अर पे’ परिणत हुने गरी प्राधिकरणसँग सहमति एको छ । 

कम्पनीका अनुसार ३७.६ गावाटको कावेली ए जलविद्युत् आयोजनाको स्थानीय रुपमा वित्तीय लगानी जुटाएर निर्माण कार्य तीव्र पारिएको छ । कम्पनीले तीन चिनियाँ लगानीकर्तासँगको संयुक्त लगानीमा मर्स्याङ्दी नदीमा निर्माणको चरणमा रहेका अयोजनाहरूमा १३५ मेगावाटको मनाङ मर्स्याङ्दी, १३९.२ मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी र ३२७ मेगावाटको माथिल्लो मर्स्याङ्दी दोस्रो जलविद्युत् आयोजना क्यासकेड आंशिक जलाशययुक्त अवधारणामा (कुल ६०१ मेगावाट) वित्तीय व्यवस्थापन भई अगाडि बढाउन लागिको छ । १३५ मेगावाटको मनाङ मस्र्याङदी जलविद्युत आयोजनाको निर्माण कार्य शुरु भइसकेको छ । 

कम्पनीका अनुसार ७.९ मेगावाटको चिनोखोला जलविद्युत आयोजना पनि निर्माण तयारीको अन्तिम चरणमा रहेको छ । १६० मेगावाटको मुगु कर्णाली जलविद्युत् आयोजना र ७ मे.वा. को झिमरुक सौर्य आयोजनाहरू पनि सम्भाव्यता अध्ययनका क्रममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३