विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) ले नवीकरणीय ऊर्जा क्षेत्रमा कार्यरत विभिन्न संघ–संस्थाहरूलाई सम्मान गरेको छ । केन्द्रको २८औं वार्षिकोत्सवको अवसरमा उक्त सम्मान गरिएको हो ।

केन्द्रका अनुसार सम्मानित हुनेमा तारा खोला जलविद्युत् लिमिटेड बागलुङ, सूर्योदय ऊर्जा प्रालि, जान्दादेवी नेपाल ऊर्जा प्रालि र दुम्कीबास पोल्ट्री फार्म प्रालि रहेका छन् । नवीकरणीय ऊर्जाको विकास, प्रवर्द्धन एवम् विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएका लुमिन श्रेष्ठका छोरा तथा ‘मञ्चुका स्मृति अक्षयकोष’का संस्थापक सदस्य स्व. सुप्रविध सुभाष श्रेष्ठको स्मृतिमा स्थापित ‘सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार’को स्थापना गरिएको थियो ।

उक्त अक्षय कोषबाट नवीकरणीय क्षेत्रमा कार्यरत उल्लिखत संस्थाहरू सम्मानित तथा पुरस्कृत भएको केन्द्रले जानकारी दिएको छ । उक्त पुरस्कार प्रत्येक वर्ष नवीकरणीय ऊर्जा प्रवर्द्धनमा विशेषतः लघु तथा साना जलविद्युत्, सौर्य तथा वायु ऊर्जा र जैविक ऊर्जा प्रवर्द्धनमा काम गर्ने संस्थाहरूलाई प्रदान गर्ने गरिएको छ ।

नवीकरणीय ऊर्जा प्रवर्द्धनमार्फत स्थानीय समुदायको जनजीवन उकास्न विशेष सहयोग पुर्‍याएका संस्थालाई पुरस्कृत गर्ने उद्देश्यले २०७५ साल कात्तिकमा पुरस्कारको स्थापना गरिएको थियो । केन्द्रका अनुसार लघु तथा साना जलविद्युत्तर्फ तारा खोला जलविद्युत् लिमिटेड, सौर्य ऊर्जातर्फ सूर्योदय ऊर्जा, जैवीक ऊर्जातर्फ जन्दादेवी नेपाल र दुम्कीबास पोल्ट्री फार्म रहेका छन् ।

कार्यक्रममा २० वर्षभन्दा बढी समय सेवा गरेका केन्द्रका कर्मचारीलाई सम्मान गरिएको थियो । सम्मानित हुने केन्द्रकी कर्मचारी (प्रशासकीय अधिकृत) सिर्जना पाण्डेलाई दीर्घ सेवाको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको थियो ।

तारा खोला जलविद्युत् : साना जलविद्युत् उत्पादन तथा प्रवर्द्धन गरी राष्ट्रिय प्रसारण लाइनमा नेट मिटरिङमार्फत जडान गरी ऊर्जा सम्मिश्रण तथा ऊर्जा सुरक्षामा योगदान पुर्‍याएको हुँदा कम्पनीलाई पुरस्कृत गरिएको हो ।

सूर्याेदय ऊर्जा : सौर्य ऊर्जाका विभिन्न प्रविधिहरू (घरेलु सौर्य प्रणाली, संस्थागत सौर्य प्रणाली, सौर्य मिनिग्रीड, सौर्य सडकबत्ती तथा सौर्य पम्पिङ प्रणाली) जडान तथा विस्तार गरी ग्रामीण जीवनस्तर माथि उठाउन प्रत्यक्ष योगदान पुर्‍याएकोले यस संस्थालाई पुरस्कृत गरिएको हो ।

जन्दादेवी नेपाल : जैविक ऊर्जाको क्षेत्रमा ब्रिकेट तथा पेलेटको व्यावसायिक स्तरमा उत्पादन तथा प्रवर्द्धन गरी औद्योगिक क्षेत्रमा कोइला, डिजेलजस्ता खनिज इन्धन विस्थापन गर्ने कार्यमा विशेष योगदान गरेकाले उसलाई पुरस्कृत गरिएको हो ।

दुम्कीबास पोल्ट्री फार्म : पोल्ट्री फार्मबाट उत्पदित फोहोरबाट ऊर्जा तथा जैविक मल उत्पादन गरी समग्र कृषि तथा अर्थतन्त्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै पुरस्कृत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३