विद्युत अपडेट

  • प्राधिकरण : १००११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २८४८८ मे.वा.घन्टा
  • आयात : १०८२ मे.वा.घन्टा
  • निर्यात : ६७३५ मे.वा.घन्टा
  • ट्रिपिङ : ७०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५३७६१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३६ मे.वा.
२०८२ असार १५, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
सुनकोसी–मरिन डाइभर्ससन बहुउद्देश्यीय आयोजना

काठमाडौँ । बहुप्रतिक्षित राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण प्रगति निकै नाजुक देखिएको छ । आयोजना निर्माण सम्पन्न गर्न लाग्ने लक्षित मध्ये करिब ४० प्रतिशत समय बितिसक्दा पनि सुरुङबाहेकका स्थायी संरचना निर्माणको काम १ प्रतिशतसम्म पनि हुन नसकेको हो ।

सिन्धुलीमा निर्माणाधीन आयाेजनाकाे अस्थायी संरचना (क्याम्प हाउसलगायत) निर्माणको कामलाई समेत जोड्ने हो भने जम्मा ७ प्रतिशत काम भएको छ । हाल आयोजनाको मुख्य संरचना मानिएको बाँध क्षेत्र (हेड वर्क्स) र सुरुङ निर्माणको काम भइरहेको भए पनि बाँध निर्माणकाे काम निकै सुस्त गतिमा भएको आयोजना प्रमुख बद्री कार्कीले बताए । 

‘खास गरी ठेकेदारको ढिलासुस्तीले आयोजना निर्माणमा खासै प्रगति हुन सकेको छैन,’ उलने भने, ‘ठेकेदारले नै पर्याप्त स्रोत तथा जनशक्तिको परिचालन कम गरेकोले काम ढिलो भएको छ ।’ बाँध क्षेत्र, पेनस्टक, सर्जसाफ्ट, विद्युत्‌गृहका आवश्यक संरचना ४ वर्ष ७ महिनामा निर्माण सक्ने गरी पटेल इन्जिनियरिङ लिमिटेड र रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रम पटेल/रमण जेभी कम्पनीले ठेक्का पाएको छ । उसले अनुमानित लागतभन्दा करिब ३५ प्रतिशत कम रकम कबोल गरी १२ अर्ब रुपैयाँमा ठेक्का पाएको थियो । ठेक्का पाएको २ वर्षसम्म पनि ठेकेदार कम्पनीले निर्माण कार्यमा गति नै लिन नसकेको आयोजना प्रमुख कार्कीको भनाइ छ । 

उनका अनुसार आयोजनाको बाँध क्षेत्रको संरचना निर्माणका लागि असोजअघि नै फाउन्डेशनका लागि जमिन खन्ने (एस्काभेशन) को काम भइसकेको थियो । यद्यपि, असोज ११ र १२ गतेको बाढीले फाउन्डेशनका लागि खनिएको जमिनमा बालुवा तथा लेदोले पुरिदिएको थियो । पुरिएको बालुवा पन्छाउन बढीमा एक महिना लाग्ने ठेकेदार कम्पनी र आयोजना पक्षको अनुमान अनुसार काम सुरु गरिएको थियो तर साढे २ महिना बितिसक्दा पनि त्यो काम सकिएको छैन ।

‘पुरिएको बालुवा पन्छाएपछि मात्रै बाँध क्षेत्रको फाउन्डेशन निर्माण अघि बढ्छ तर यो काम सक्न नै ठेकदारले समय लगाइरहेको छ,’ उनले भने ।  पटेल/रमणकै ठेक्कामा परेको विद्युत्गृह, पेनस्टक, सर्ज साफट् जस्ता संरचना निर्माणको कुनै पनि काम हालसम्म सुरु भएको छैन । यही ठेकेदार कम्पनीले धरहरा, धाप बाँध, भेरी–बबई डाइभर्सन जस्ता परियोजनामा पनि काम गरिरहेको छ । यो कम्पनीले यी कुनै पनि आयोजना समयमै निर्माण पूरा गरेको उदाहरण छैन । हालको ढिलासुस्ती हेर्दा सुनकोसी–मरिनमा पनि यो कम्पनीले ढिलाइ गर्ने देखिएको छ ।

सुनकोसी–मरिनबाट ३१.०७ मेगावाट बिजुलीसमेत उत्पादन गर्ने लक्ष्य सहित संरचनाको डिजाइन गरिएको छ । त्यसो हुँदा आयोजना १ वर्ष मात्रै ढिलो हुँदा पनि जलविद्युत् बिक्रीबाट प्राप्त हुने बरिब १ अर्ब ८० करोड रुपैयाँ आयोजनाले गुमाउनु पर्ने आयोजना प्रमुख कार्कीको भनाइ छ ।

उनका अनुसार हालसम्म सुरुङको काम भने ९७ प्रतिशत सकिएको छ । गत वैशाख २६ गते ब्रेक थ्रु गरिएको सुरुङको हाल रेक्टिफिकेशन तथा फिनिसिङको काम भइरहेको छ । चाइना ओभरसिज इन्जिनियरङ ग्रुप कम्पनी लिमिटेड (कोभेक) ले ११ अर्ब रुपैयाँमा १३.३ किलोमिटर सुरुङ टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरी खनेको थियो । अबको करिब ४ महिनामा कोभेकले सुरुङ तयार पारी हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएको छ ।

आयोजनाको इलेक्ट्रो मेकानिकल सामानको आपूर्ति र जडानका लागि अबको करिब डेढ महिनाभित्र सम्झौता गर्ने तयारी भइरहेको छ । ‘इलेक्ट्रो मेकानिकल कार्यका लागि स्रोत सुनिश्चित गरिदिन अर्थमन्त्रालयमा पत्राचार गरिएको छ,’ उलने भने, ‘स्रोत सुनिश्चित हुनासाथ हामी सम्झौता गर्ने छौँ ।’

सुनकोसीको पानी मरिन खोलामा खसाली त्यहाँबाट बागमती नदीमा लगेर बाग्मतीकै पुरानो सिँचाई प्रणालीमा थप विस्तार गरी तराइका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका १ लाख २२ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको लक्ष्य छ । आयोजनाको काममा भइरहेको ढिलाइले यी कृषियोग्य भूमिमा सिँचाइ पुर्‍याएर समयमै लिन सक्ने आर्थिक लाभबाट समेत मुलुक बञ्चित हुनुपर्ने अवस्था आउने हो कि आशंका गरिएको छ ।

अनुमानित कुल लागत ४९ अर्ब ४२ कराेड रुपैयाँ रहेकोमा यस आयोजनाको निर्माण अवधि लम्बिँदै लागतसमेत बढ्न सक्ने जोखिम छ । समग्र आयोजना निर्माणमा ठेकेदारले गरेको ढिलाइका कारण चौतर्फी नोक्सान हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३