विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ११, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । देशकै लोकप्रिय डिमार्टमेन्टल स्टोर 'भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर'ले आफ्ना देशभरका भवनको छतछतमा सौर्य विद्युत् उत्पादन गर्ने योजना अगाडि बढाएको छ । यसका लागि सुपरमार्केट र रिन्यु होल्डिङ्स प्रालि बिच सम्झौता समेत गरिएको छ ।

भाटभटेनीका विभिन्न सुपर मार्केटहरूको छत तथा खाली स्थानहरू उपयोग गरेर जम्मा १२.७५० मेगावाट बराबरको सौर्य विद्युत् उत्पादन तथा सहकार्य गर्न रिन्यु होल्डिङ्ससँग सम्झौता भएको जनाइएको छ । समझौतापत्रमा भाटभटेनीको तर्फबाट सञ्चालक सावित्री गुरुङ र रिन्यु होल्डिङ्सका तर्फबाट प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

रिन्यु होल्डिङ्सले सोलर, हाइड्रो लगायतका नेपालको नवीकरणीय ऊर्जाका साथै चार्जिङ् स्टेसन र नवीकरणीय ऊर्जा सम्बन्धी नवीनतम प्रविधिमा काम गर्दै आएको छ । उता, भाटभटेनीले देशभर २७ वटा सुपरमार्केटको स्थापना गरी सञ्चालनमा ल्याएको छ भने अबको ५ वर्षभित्र थप ५१ वटा विस्तार गर्ने लक्ष्य रहेको जनाएको छ ।

ती सबै संरचनामा नवीकरणीय ऊर्जा अर्थात् सौर्य विद्युत् जडानलाई प्राथमिकता दिइने पनि भाटभटेनीले जानकारी दिएको छ । यस सम्झौताले नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धन र दिगो विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । साथै, कार्बन उत्सर्जन न्यूनीकरणमा समेत विशेष भूमिका खेल्न सक्नेछ । रिन्यु होल्डिङ्स तथा भाटभटेनी सुपरमार्केट आगामी दिनमा समेत आपसी सहकार्यमा सरकारको ऊर्जा विकासको लक्ष्यमा योगदान पुर्‍याउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३