काठमाडौँ । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । पुस २९ गते सम्पन्न कम्पनीको १२औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १ : ०.५ अनुपात अर्थात् ५० प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो ।
कम्पनीले लिएको ऋण तिर्ने प्रयोजनका लागि हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वार्षिक आर्थिक विवरण, लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ ।
साथै, आर्थिक वर्ष २०८१/८२ का लागि पिवाइसी एन्ड एसोसियट्स्, चार्टर्ड एकाउन्टेन्स संस्थालाई लेखा परीक्षण नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
कम्पनीले लमजुङमा २७ मेगावाटको दोर्दी खोला जलविुत् केन्द्र सञ्चालन गरिरहेको छ ।