विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १८ औँ वार्षिकोत्सवको अवसर पारेर ‘गरिमा रोड रेस कम्पिटिसन –२०८१’ गर्ने भएको छ । बैैंकले मंसिर ८ गते (शनिबार) उक्त कार्यक्रम गर्ने भएको छ । 

बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर दुरीको ‘रोड रेस’ को आयोजना गरेको छ । महिला र पुरुष दुवैतर्फ गरी ४ वटा प्रतिस्पर्धा रहने बैंकले जानकारी दिएको छ । खुल्लातर्फको १० किमिमा इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सकिने र कर्पोरेटतर्फ ५ किमिमा संघ संस्थाका कर्मचारी तथा पदाधिकारीहरूले मात्र सहभागिता जनाउन सकिने जनाएको छ । 

बैंकले चारवटै प्रतिस्पर्धाका प्रथमदेखि पाचौँ स्थानसम्म हासिल गर्नेलाई ७५ हजार देखि १५ हजारसम्म नगद पुरसकार प्रदान गर्ने जानकारी दिएको छ । 

‘रोड रेस’ प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक व्यक्तिले मंसिर ५ गतेसम्ममा बैंकको आधिकारिक वेभसाइट तथा बैंकको फेसबुक पेजमा वा बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौँमा सम्पर्क गरी नाम दर्ता गराउन सकिने जनाइएकाेछ । निर्धारित संख्या पूरा भएको अवस्थामा बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्ने बताएको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३