विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक २, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पौडेलले नवीकरणीय ऊर्जा क्षेत्रको महत्वलाई ऊजागर गर्दै नवीकरणीय ऊर्जाका स्रोतको प्रवर्द्धन गर्न  सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकाेन) का प्रतिनिधि टोलीसँगको भेटमा पौडेलले यस्तो बताएका हुन् । उनले नवीकरणीय ऊर्जा क्षेत्रका विषयमा लिखित रूपमै आवश्यक सुझाव दिन परिसंघसँग आग्रह गरे । 

त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पनि ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकार तयार रहेको तथा निजी क्षेत्रलाई नतिजामुखी कार्यमा अगाडि बढ्न परिसंघलाई आग्रह गरेका छन् । यसका लािग मन्त्रालयले परिसंघसँग सहकार्य गरेर अघि बढ्ने उनको प्रतिबद्धता छ । 

कार्यक्रममा परिसंघका अध्यक्ष गुणराज ढकालले ऊर्जा क्षेत्रको विकासमा नवगठित सरकारबाट सहयोग र समर्थनको अपेक्षा गरिएको बताए । 

परिसंघ टोलीले मंगलबार उपप्रधानमन्त्री पौडेल तथा मन्त्री खड्कालाई भेटी बधाई तथा शुभकामना दिएको हो । परिसंघअन्तर्गतका सौर्य विद्युत् उत्पादक संघ नेपाल, नेपाल लघु जलशक्ति विकास संस्था, नेपाल बायोग्यास प्रवर्द्धन संघ, जल तथा ऊर्जा पराशर्मदाता संघ नेपाललगायत संस्थाका पदाधिकारीले संयुक्त रूपमा नवनियुक्त मन्त्रीहरूलाई ऊर्जा क्षेत्रको विकास र प्रगतिमा महत्वपूर्ण योगदान पु¥याउन आग्रह गरेका हुन् । 

मंगलबार नै परिसंघले ऊर्जा क्षेत्रको विकासका निम्ति गर्नुपर्ने कार्यका लागि गठित कार्यदलका संयोजक तथा ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालसँग पनि भेट गरी ऊर्जा क्षेत्रको विकासका लागि तत्कालीन र दीर्घकालीन कार्ययोजनामा नवीकरणीय ऊर्जा क्षेत्रको महत्वपूर्णता र प्राथमिकतामा ध्यान आकर्षित गराएको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३