विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस २९, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक

काठमाडौँ । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठकमा जलविद्युत्, सौर्य तथा वायु ऊर्जा जस्ता नवीकरणीय ऊर्जा परियोजनाको विकासमा सहकार्य गरी स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड दिने सहमति भएको छ । काठमडौँको चन्द्रागिरिमा भएको बैठकमा दुई देशका प्रतिनिधिहरूबीच यस्तो सहमति भएको हो । वाणिज्य सचिवस्तरीय वैठककै अंगको रूपमा रहेको जेबीएफ बैठकमा ऊर्जा विकासमा लगानीका विविध सम्भावनाबारे छलफल भएको थियो । साथै बैठकमा व्यापार, लगानी पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकास लगायतका अन्य विविध क्षेत्रका विषयमा समेत छलफल भएको थियो ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र भारत बीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको उल्लेख गर्दै दुवै क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार तथा व्यवहारिक समाधान खोजेर अघि बढ्नुपर्ने बताए । उनले नेपालका जलविद्युत् तथा अन्य पूर्वाधार निमार्णका लागि आवश्यक विस्फोटक पदार्थको आपूर्ति भारतले सहज बनाउनुपर्ने बताए । 

उनले गैर–भन्सार अवरोध हटाउने, नेपाली वस्तु निर्यातमा ब्यूरो अफ इन्डियन स्ट्यान्डड्र्स (बिआइएस) को प्रमाणीकरण प्रक्रियाले गर्दा देखिएको समस्या समाधानका लागि सहजीकरण गर्ने, भैरहवा र पोखरा विमानस्थलसँग भारतका शहर जोड्ने जस्ता विषय अघि बढान आग्रह गरेका थिए । त्यस्तै, मुन्द्रा (गुजरात), धामरा (ओडिशा) र जवाहरलाल नेहरू (मुम्बई) लगायतका भारतीय बन्दरगाहमा नेपालको पहुँच विस्तारको विषयहरु उठान गरे ।  

बैठकमा भएका सहमतिका विषयलाई शनिबार नै नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ । भारतीय वाणिज्य सचिव सुनिल वर्थवाल र नेपालका वाणिज्य सचिव गोविन्दबहादुर कार्कीलाई मञ्चका अध्यक्ष भवानी राणा र सन्थिल कुमारले सो सहती हस्तान्तरण गरेका हुन् ।   

बैठकमा सीमापार व्यापार र लगानी सहज बनाउने, कनेक्टिभिटी, सडक, रेल र हवाई सम्पर्क सुदृढ गर्ने, कृषि र औषधीय उत्पादनको कोटा हटाई उच्च बीउ तथा प्रविधि उपलब्ध गराउने, डिजिटल प्रविधि र स्टार्टअप सहयोग लगायतका विषयमा आवश्यक सहजीकरण गर्ने सहमति भएको छ । दुवै देशले व्यापारमा देखिएका समस्या समाधान गर्न सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३