विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) ले आफ्नो स्थापनाको ७ वर्षपछि नेतृत्व संस्थाको परिवर्तन गरेको छ । शुक्रबार सम्पन्न संस्थाको ७औं वार्षिकोत्सवले नयाँ अध्यक्षको जिम्मेवारीमा नवीकरणीय ऊर्जाका क्षेत्रमा साढे २ दशकभन्दा लामो समयदेखि काम गर्दै आएका कुशल गुरुङलाई चयन गरेको छ ।

नवीकरणीय ऊर्जामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समानरूपमा विज्ञता हासिल गरेका, निजी निकायहरूमा विज्ञको रूपमा जिम्मेवारी सम्हालेका र विभिन्न सरकारी संस्थामा समेत परामर्श सेवा प्रदान गर्दै आएका गुरुङले रेकोनको नेतृत्व सम्हाल्दै गर्दा यस क्षेत्रले गुणात्मक फड्को मार्ने अपेक्षा गरिएको छ । जल तथा ऊर्जा परामर्शदाता संघका अध्यक्ष उनी सौर्य, विद्युत्, वायु, ठूला बायोग्यास लगायत क्षेत्रमा क्रियाशील रहेका छन् ।

नयाँ पदाधिकारीको उपाध्यक्षमा केशवराज खनाल, महासचिवमा ऋषभराज आचार्य, सचिवमा तेजनारायण ठाकुर र कोषाध्यक्षमा कृष्णप्रसाद पराजुली रहेका छ । यस्तै, कार्यसमिति सदस्यहरूमा गोकुल गौतम, एवबहादुर मगर, हरिनारायण गौतम, अर्चना सिंह र प्रकाश लामिछाने चयन भएका छन् ।

१० जना कार्यसमिति सदस्य उल्लेख गरिएको रिकोनको पदाधिकारीमा एक जना पनि महिलालाई चयन गरिएको छैन । उता, कार्यसमितिमा भने समावेशीताको औपचारिकता पूरा गर्न अर्चना सिंहलाई सदस्यको जिम्मेवारी तोकेको देखिन्छ । अधिकांश निजी तथा गैरसरकारी संस्थामा कोषाध्यक्षको जिम्मेवारी महिलाई दिने अभ्यास पाइन्छ ।

परिसंघ नवीकरणीय ऊर्जा क्षेत्रका संगठनहरुको छाता संगठन हो, जसमा नेपाल लघुजलविद्युत् विकास संस्था, नेपाल सौर्य विद्युत् उत्पादक संस्था, जल तथा ऊर्जा परामर्शदाता संघ, नेपाल सौर्य तापीय संघ, नेपाल बायोग्यास प्रवर्द्धन संघ, नेपाल ग्रामीण प्रविधि उत्पादक संघ, जैविक ऊर्जा उत्पादक संघ, नेपाल लघुजलविद्युत् उपभोक्ता संघ, बायोग्यास सेक्टर साझेदारी नेपाल, स्रोत व्यवस्थापन तथा ग्रामीण रोजगारी केन्द्रलगायत करिब ६ सय कम्पनीहरू आवद्ध छन् ।

यी संस्थाहरूले नवीकरणीय क्षेत्रमा लामो समयदेखि काम गर्दै आए पनि गुणात्मक परिवर्तन र क्षेत्रगत सुधारका परिणाम खासै देखिएका छैनन् । रिकोनमा आवद्ध अधिकांश संस्थाहरू दातामुखी छन्, विदेशी स्वदेशी वा विदेशी गैरसरकारी संस्थासँग कहीँ न कहीँ आवद्ध भएर यिनले काम गर्दै आएको देखिन्छ ।

गुरुङले नेतृत्व सम्हालेपछि अन्तर्राष्ट्रिय निकायसँग समन्वय गर्नुका साथै सरकारसँग हातेमालो गरेर यस क्षेत्रको संस्थागत र व्यावसायिक दायरा फराकिलो हुने पनि अपेक्षा गरिएको छ । सरकारले मिश्रित ऊर्जा विकासमा लिएको लक्ष्यमा देशको कूल ऊर्जा उत्पादनमा १०–१५ प्रतिशत नवीकरणीय स्रोतको हिस्सा कायम गर्ने उल्लेख छ । गुरुङले यो हिस्सा करिब ३० प्रतिशत पुर्‍याउनुपर्नेमा पैरवी गर्दै आएका छन् ।

रिकोनको अध्यक्षको जिम्मेवारीले उक्त मुद्दालाई नतिजामा परिणत गर्न सहयोग पुग्ने उनले बताए । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र अन्तर्गतको राष्ट्रिय नवीकरणीय ऊर्जा कार्यक्रमले लघुजलविद्युत् र ऊर्जा अनुवादमा निजी लगानीलाई परिचालन गर्न दिगो ऊर्जा चुनौती कोषको उपयोग गर्नेतर्फ पनि ठोस् परिणाम हासिल हुने विश्वास लिइएको छ ।

नेपाल भूकम्पीय जोखिम उच्च भएको तथा बाढी–पहिरो लगायत प्राकृतिक प्रकोपयुक्त देश भएकोले प्रणालीलाई दिगो र सुरक्षित बनाउन ऊर्जा मिश्रणको आवश्यकता अपरिहार्य रहेको गुरुङले बताए । यसमा आफूले निरन्तर बहस, पैरवी र सरकारी निकायलाई घच्घच्याउने विश्वास व्यक्त गरे ।

यसैगरी, निवर्तमान अध्यक्ष गुणराज ढकालले नयाँ अध्यक्षको जिम्मेवारीमा रिकोन र नवीकरणीय ऊर्जा क्षेत्रको दायरा अझ बढी फराकिलो भएर जाने विश्वास व्यक्त गरे । ‘यस क्षेत्रमा गर्नुपर्ने काम धेरै छन्, अहिलेसम्म जे जति गरियो । त्यो पर्याप्त छैन,’ उनले भने, ‘अबको अभियान सबैलाई संगठित गर्दै सरकारी निकायसँग समन्वय गरेरै अगाडि बढ्ने हो ।’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३