काठमाडौँ । पिपुल्स पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
जलविद्युत् आयोजना प्रवद्र्धनका लागि कम्पनीले लिएको ऋण घटाउने तथा अर्को आयोजना निर्माणमा लगानी गर्ने उद्देश्यकले कम्पनीले १ बराबर १ अनुपात (शतप्रतिशत) हकप्रद सेयर जारी गर्ने भएको हो । पुस २८ गते सम्पन्न कम्पनीको १७ औँ वार्षिक साधारणसभाले यस्तो निर्णय पारित गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ३ अर्ब २० करोड ?पैयाँको हकप्रद सेयर जारी गर्ने भएको हो ।
कम्पनीले लमजुङमा ५४ मेगावाटको सुपर दोर्दीखोला ‘ख’ सञ्चालनमा ल्याएको छ भने ५७ मेगावाटको हिमचुली दोर्दी आयोजना अघि बढाइरहेको छ ।