नेपालको संविधान धारा ५१ को खण्ड (छ) को उपखण्ड (३) मा 'नवीकरणीय ऊर्जाको उत्पादन तथा विकास गर्दै नागरिकका आधारभूत आवश्यकता परिपूर्तिका लागि सुपथ र सुलभ रूपमा भरपर्दो ऊर्जाको आपूर्ति सुनिश्चित गर्ने तथा ऊर्जाको समुचित प्रयोग गर्ने’ व्यवस्था रहेको छ ।
इतिहासविद् दिनेशराज पन्तको एक आलेख ‘राम शाहको राज्यकाल–एक चर्चा’मा उनको राज्यकाल वि.सं. १६७१ देखि १६९३ (२२ वर्ष) उल्लेख छ । जनबोली र इतिहासका लेखहरूमा गोरखाको ‘राम शाहको चौतारी’ पनि उत्तिकै लोकप्रिय छ । यसको अर्थ हो– राम शाहले त्यही चौतारीमा बसेर न्याय–निसाफ गर्थे । यसबाट सर्वसाधारण नागरिक सन्तुष्ट हुन्थे । उनको लोकप्रियता चुलिएकै कारण ‘न्याय नपाए गोरखा जानू’ भन्ने उक्ति स्थापित भएको हुनुपर्छ । आधुनिक नेपालको सुरुवात त्यही गोरखाबाट भएको हो ।
सांसद दीपक खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार सम्हालेको झण्डै ४ महिना पुग्यो । यसबीचमा धेरै नीतिगत सुधारका प्रयास देखिएका छन् । लामो समयदेखि गिँजोलिएको ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल विवाद समाधानोन्मुख छ । देशका विभिन्न ठाउँमा निर्माण भइरहेका प्रसारण लाइनका अवरोध हटेर काम सुचारु भएको छ । निर्माणको अन्तिम चरणमा रहेका जलविद्य...
२०८१ मङ्सिर ९नेपालको ऊर्जा क्षेत्र अहिले सरकार, निजी क्षेत्र, दातृ निकाय तथा विकास साझेदार, विदेशी लगानीकर्ता लगायतको चासोको केन्द्रमा छ । सबैतिरबाट प्राथमिकता पाएको यो क्षेत्रका गतिविधिले पनि पछिल्लो समय निकै तीव्रता पाएको देखिन्छ । यस ऊर्जा खबरको छैटौँ अङ्कमा हामीले २०८०/८१ को पछिल्लो ६ महिना (माघ–असार) मा भएका मुख्य तथा महत्त्वपूर्ण गतिविधिलाई समेटेका...
२०८१ मङ्सिर १९काठमाडौँ । एक इन्जिनियरले देशमा दीगो भौतिक पूर्वाधार विकासको खाका कोर्न सक्छ । त्यसलाई कार्यान्वयन गर्दै समग्र देशलाई नै समृद्धितर्फ अगाडि बढाउन सक्छ । एउटा सामान्य आवसगृहदेखि काठमाडौँबीचमा ठडिइरहेको धरहरा होस्, चाहे माथिल्लो तामाकोसी (४५६ मेगावाट) जलविद्युत् आयोजनाको जस्तो जटिल भौतिक संरचना नै किन नहोस्, इन्जिनियरको ज्ञानसीप झिकिदिने हो भने यस्ता संरचनाको कल्पना पनि गर्न सकिँदैन ।