विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ २२, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा रात्रिकालीन समयमा सवारी दुर्घटना न्यूनीकरण गर्न नगरपालिकाले उज्यालो नगर अभियान सुरु गरेको छ ।

नगरपालिकाका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने गाईघाट, पुरानो गाईघाट, असारी सडकका मुख्य बजार र चोकका विद्युत् पोलमा ‘स्मार्ट लाइट’ जडान सुरु गरिएको हो । त्रिनपा–९ को गैरुन, राजाबास तथा चुहाडे क्षेत्रका मुख्य सडकका चोकहरुमा पनि स्मार्ट लाइट जडान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी, सगरमाथा सडकअन्तर्गत त्रिनपा–५,४ र ३ को देउरी, बगाहा, मोतिगडा, भुल्के, खैजनपुरसहित त्रिनपा–१० बोक्से क्षेत्रको चोक र भीड हुने स्थानहरुमा स्मार्ट लाइट जडान भइरहेको छ ।

नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतका अनुसार नगरको ती क्षेत्रहरुमा प्रत्येक महिना सवारी दुर्घटना हुन थालेपछि दुर्घटना न्यूनीकरण गर्न उज्यालो नगर अभियान सुरु गरिएको हो । विसं २०६५ सम्म नगरभित्र ५६ हजार मात्र जनसङ्ख्या रहेकामा हाल १ लाख ३० हजार पुगेको छ । यातायातका साधनहरु यस क्षेत्र हुँदै दैनिक ४ हजारभन्दा बढी गुड्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३