विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ १८, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल हाइड्रो डेभलपर लिमिटेड (एनएचडिएल) ले आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको १८ औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो । यस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने २ करोड ८७ लाख ५५ हजार ३ सय ८ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ । साथै, उक्त बोनस सेयरको कर प्रयोजनाका लागि हाल कायम चुक्ता पुँजीको ०.४२ प्रतिशतका दरले हुन आउने १५ लाख १३ हजार ४ सय ३७ रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । 

साधारणसभाले बोनस सेयर वितरणका लागि कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने तथा सो अनुसार प्रवन्त्र पत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

साधारणसभाले कम्पनीका अध्यक्ष कुमुदकुमार दुगडले पेश गरेको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय विवरण (बासलात, नाफा–नाक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू) छलफल गरी पारित गरेको छ । 

त्यसैगरी, साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का लागि अर्याल एन्ड अर्याल, चार्टर्ड एकाउन्टेन्ट्स लाई लेखा परीक्षण नियुक्त गर्ने र निजको पारिश्रमिक करबाहेक १ लाख २५ हजार रुपैयाँ तोक्ने निर्णय समेत गरेको छ ।

कम्पनीले दोलखामा ३.५२ मेगावाटको चर्नावती खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३