विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ २२, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाँउपालिका–१ तथा पाचँथर जिल्ला याङवरक गाँउपालिका–२ भएर बग्ने इवा खोलाको पानीलाई उपयोग गर्दै ४.६ मेगावाटको सुपर मस्ट इवा खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । तीनजुरे हाइड्रोपावर प्रालिले उक्त आयोजना निर्माण गर्ने भएको हो । 

विद्युत् विकास विभागका अनुसार आयोजनाको हेडवर्क्स सोही जिल्लाको सिदिङ्गवा गाँउपालिका–१ र पाँचथरको याङवरक गाँउपालिका–२ मा रहने छ । त्यस्तै, आयोजनाको इन्टेक, ग्राभेल ट्रयाप, सेटलिङ्ग बेसिन, हेडरेस पाइप, पेनस्टक पाइप, विद्युत्‌गृह, टेलरेस र स्वीचयार्ड जस्ता संरचनाहरू पाँचथर जिल्लाको याङवरक गाँउपालिका–२ मा रहने छन् । 

आयोजनाबाट उत्पादित विद्युत्‌लाई ३० किलोमिटर लामो  ३३ केभीको प्रसारण लाइन मार्फत नेपाल विद्युत् प्राधिकरणको ३३/१३२ केभीको अमरपुर सबस्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिने छ । 

आयोजनाको सम्पूर्ण संरचना इवा खोलाको बायाँ किनारमा रहनेछन् । आयोजनाबाट २०८४ चैत्रसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आयोजना निर्माण गर्दा वातावरमा कुनै उल्लेखनीय प्रतिकुल प्रभाव पर्ने भए ३५ दिनभित्र रायसुझाव पेश गर्न आग्रह गर्दै विद्युत् विकास विभागले मंलबार सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३