विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् विकास विभागले हालसम्म ९ हजार ७८७ मेगावाटका २२० वटा नवीकरणीय ऊर्जा आयोजनाको सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ । यस्तो अनुमतिपत्र लिने आयोजनाहरू जलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जा, र सह–उत्पादन क्षेत्रका रहेका छन् ।

विभागको तथ्याङ्क अनुसार कुल ८.८५ मेगावाटका १ मेगावाटभन्दा साना १३ वटा जलविद्युत् आयोजनाले यस्तो अनुमति लिएका छन् । त्यस्तै,  ९ हजार ६६६ मेगावाटका १ मेगावाटभन्दा ठूला १८९ वटा जलविद्युत् आयोजनाले सर्वेक्षण अनुमति पाएका छन् । यसरी जलविद्युत् क्षेत्रका कुल ९ हजार ६७५ मेगावाटका २०२ वटा आयोजनाले सर्वेक्षण अनुमतिपत्र लिएको छन् ।

त्यस्तै, सौर्य ऊर्जा क्षेत्रका ८४.४ मेगावाटका १२ वटा परियोजना, वायु ऊर्जाका २५ मेगावाटका ५ आयोजनाले यस्तो अनुमतिपत्र लिएको विभागको तथ्याङ्क छ । पछिल्लो समय सौर्य ऊर्जा आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने क्रम बढेको छ । यद्यपि, हालसम्म एउटा पनि वायु ऊर्जा आयोजनाबाट राष्ट्रिय ग्रिडमा विद्युत् प्रवाह भएको छैन भने यस्तो आयोजना निर्माणाधीन अवस्थामा पनि छैनन् ।

सह–उत्पादन (को–जेनेरेसन) तर्फ एउटा उद्योगले सर्वेक्षण अनुमति लिएको छ । बाराको मनहर्वामा सञ्चालित रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले १५ मेगावाटको रिलायन्स सुगर को–जेनेरेसन आयोजनाका लागि सर्वेक्षण अनुमतिपत्र लिएको हो । यद्यपि, २०७४ कात्तिक २४ गते लिएको उक्त आयोजनाको अनुमतिपत्रको म्याद २०७७ कात्तिक २३ गते नै सकिएको छ । उद्योगले २०७५ जेठ २ गते ३ मेगावाटको लागि मात्रै उत्पादन अनुमतिपत्र लिएर हाल उक्त सह–उत्पादन आयोजना निर्माण गरिरहेको छ ।

नेपालमा खास गरी उखु पेलेर चिनी उत्पादन गर्ने चिनी उद्योगहरूले मात्र उखुकाे खोइला बालेर व्वायलर चलाएर पानीकाे बाफमार्फत् विद्युत्‌को सह–उत्पादन गरी राष्ट्रिय प्रसारण ग्रिडमा जोड्दै आएका छन् । 

हाल धनुषाको जनकपुरमा सञ्चालित एभरेष्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज र सर्लाहीको हरिऔनमा सञ्चालित इन्दुशंकर चिनी उद्योग लिमिटेडले सह–उत्पादन आयोजनामार्फत ३/३ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणमा प्रवाह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३