विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सोमबार देशका पहाडी भू–भागमा आंशिक बदली हुने तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार सोमबार दिउँसो गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी अन्य पहाडी भू–भागमा आंशिक बदली रही अन्य भेगमा मौसम मुख्यतया सफा रहने छ । 

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको उल्लेख गरेको छ । 

सोमबार राती कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भेगमा मौसम मुख्यतया सफा रहने छ । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३