विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस १४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
सोपानद्वारा वातावरण संरक्षण नियमावली–२०७७ संशोधनको स्वागत

काठमाडौँ । सौर्य ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (सोपान) ले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन तयार पार्नुपर्ने सौर्य विद्युत् आयोजनाको क्षमताको थ्रेसहोल्ड बढाउने कार्यको स्वागत गरेको छ । संस्थाले आइतबार विज्ञप्ति जारी गरी वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण नियमावली–२०७७ को अनुसूची–३ को खण्ड (च) को उपखण्ड (६) को क्रम सङ्ख्या (क) मा गरेको संशोधनको स्वागत गरेको हो ।

मन्त्रालयले असोज २३ गते राजपत्रमा सूचना प्रकाशित गरी पहाडी क्षेत्रमा ५० मेगावाटभन्दामाथि र तराई क्षेत्रमा ४० मेगावाटभन्दा माथिका सौर्य विद्युत् आयोजना निर्माण गर्दा मात्रै इआइए प्रतिवेदन तयार पारी स्वीकृत गराउनुपर्ने नयाँ व्यवस्था गरेको छ । यसअघि जुनसुकै भौगोलिक क्षेत्रमा १० मेगावाट माथिका सौर्य विद्युत् आयोजना निर्माण गर्दा इआइए तयार गर्नुपर्ने व्यवस्था थियो ।

मन्त्रालयले नियमावलीमा गरेको संशोधन अनुसार अब हिमाली क्षेत्रमा ५० मेगावाटसम्म र तराईमा ४० मेगावाटसम्मका सौर्य विद्युत् आयोजना निर्माण गर्दा प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन (आइइ) मात्र तयार गरे पुग्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङसँग भेट गरी असोज १० गते थ्रेस होल्ड बढाउन माग गरेकोमा संस्थाको माग सम्बोधन भएको भन्दै सोपानले खुसी व्यक्त गरेको छ । ‘नियमावलीमा संशोधन गरी थ्रेसहोल्ड बढाएर सरकारले सौर्य विद्युत् आयोजनामा रहेको अनावश्यक नियामकीय बोझ हटाएको छ,’ सोपान अध्यक्ष सन्दीप शाहले भने, ‘सौर्य क्षेत्रमा समयमै लगानी र विकासमा अवरोध उत्पन्न गर्ने असमान व्यवहारलाई सरकारले सच्याएको छ ।’

यो नयाँ व्यवस्थाले सौर्य विद्युत् आयोजनाको लागत घटाउने, विकासमा लाग्ने समय कम गर्ने, सौर्य विद्युत्‌लाई पनि समान अवसर प्रदान गर्ने, यस क्षेत्रमा लगानी आकर्षण गर्ने सोपानले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३