विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर २२, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् नियमन आयोगको विभिन्न १३ वटा पदमा पदपूर्तिका लागि लोकसेवा आयोगले लिएको लिखित परीक्षामा सामेल मध्ये ३९ जना सिफारिस भएका छन् । लोक सेवाले मंसिर १३ र १४ गते प्रकाशित गरेको विज्ञापन अनुसार प्रत्येक दरबन्दीमा दुई जना वैकल्पिकसहित ३ जनाको नाम सिफारिस गरेको हो ।

सफारिसमा परेकाहरूको कम्प्युटर सिप परीक्षण र अन्तर्वार्ताका लागि पुस ११ देखि २२ गतेसम्मको समय तोकिएको छ । 

आयोगले ९ तहको इलेक्ट्रिकल र हाइड्रोपावर इन्जिनियर गरी २ जना सहनिर्देशक, ७ तहका हाइड्रोलोजिष्ट २, जिओलोजिष्ट १, इलेक्ट्रिकल इन्जिनियर खुला १ र महिला १ जना, वित्त अधिकृत १, सूचना प्रविधि अधिकृत १, वातावरणविद् १, कानुन अधिकृत १, तह ६ को सहायक प्रशासकीय अधिकृत १ र तह ५ को वरिष्ठ सहायक १ गरी कुल पदमा पदपूर्ति गर्न लागेको हो ।

अन्तर्वाताका लागि सिफारिसमा परिसकेका उम्मेद्‌वार उपस्थित हुने उम्मेदवारले अन्तर्वार्ताअघि भर्नुपर्ने फारम भरी आयोगको कार्यालयमा पेस गर्न आग्रह गरिएको छ । अन्तर्वार्ता तथा कम्प्युटर सीप परीक्षणमा सर्वोत्कृष्ट भएका एकएक जना गरी १३ जनाको पदपूर्ति गरिने छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३