विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले एक कित्ता सेयर बराबर एक कित्ता नै सेयर किन्न पाउने गरी (शतप्रतिशत) हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम जारी तथा चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ बराबर प्रतिकित्ता १०० अङ्कित दरका १ करोड ८० लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो । गत असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय कम्पनीको साधारण सभाबाट पारित गराई कार्यान्वयनमा लाने कम्पनीको योजना छ ।

हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावसहितका प्रस्तावमा छलफल गर्न मंगलबार (२०८२ कात्तिक १८) गते बोलाइएको आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्मको १३औँ, १४औँ र १५औँ संयुक्त साधारण सभा सेयरधनीहरूको गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । यद्यपि, अर्को मितिमा बोलाइने साधारण सभाबाट उक्त प्रस्ताव पारित गर्ने कम्पनीका प्रबन्ध सञ्चालक केसाङ डिकी लामाले बताइन् ।

कम्पनीले दोलखाको गौरीशङ्कर गाउँपालिका–१ मा ४० मेगावाट मेगावाटको खानीखोला–१ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । दुई चरणमा निर्माण भइरहेको उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा २५ मेगावाटको आयोजनाको संरचना निर्माण करिब अन्तिम चरणमा पुगिसकेको र एक महिनाभित्रै विद्युत् उत्पादन गर्ने गरी आवश्यक तयारी भइरहेको प्रबन्ध सञ्चालक लामाले बताइन् ।

उनका अनुसार हाल स्थानीय खानी खोलामा निर्माण भइरहेको २५ मेगावाटतर्फ बाँध, २६० मिटर लामो कनेक्टिङ पाइप, भूमिगत संरचनाहरूमा डिसेन्डर, फ्लसिङ क्यानल, हेडरेस टनेलको निर्माण पूरा भइसकेको छ । त्यस्तै, पेनस्टक पाइप, विद्युत्‌गृहमा इलेक्ट्रोमेकानिकल उपकरणको जडान भइसकेको छ । हाल विद्यृत्‌गृहमा जडित उपकरणको परीक्षणको काम भइरहेको छ । त्यस्तै, स्विचयार्डमा सिभिल निर्माणका सार्थ अन्य उपकरणको जडानपछि परीक्षणको काम भइरहेको छ । प्रसारण लाइन निर्माणको काम समेत अन्तिम चरणमा रहेकोले एक महिनाभित्र पूरा हुने छ । आयोजनाको विद्युत् जडान गरिने सिंगटी सबस्टेसनको समेत निर्माण पूरा भइसकेकोले अब एक महिनाभित्र विद्युत् उत्पादनमा समस्या नहुने उनको भनाइ छ ।

२५ मेगावाटको खानी खोलाकै संरचनामा स्थानीय हनपु खोला र नाप्के खोलाको पानी मिसाएर थप १५ मेगावाट विद्युत् उत्पादन गर्ने कम्पनीले जनाएको छ । हाल निर्माण गरिरहेको २५ मेगावाटको आयोजनाको आधारभूत संरचना ४० मेगावाटमै डिजाइन र निर्माण गरिएकोले थप हुने १५ मेगावाटका लागि लागत निकै कम पर्ने उनको भनाइ छ ।

आयोजनाबाट एक महिनाभित्रै २५ मेगावाटको उत्पादन सुरु हुनासाथ थप १५ मेगावाटको निर्माणसमेत शीघ्र अघि बढाउने तयारी कम्पनीले गरेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३