काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिका–८ मा निर्माणाधीन ३० मेगावाटको कपिलवस्तु सौर्य विद्युत् आयोजनाले ३३ केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएको छ । आयोजनाले प्रस्तावित स्विचयार्डदेखि नेपाल विद्युत् प्राधिकरणको शिवपुर (चनौटा) सबस्टेसनसम्म ८.६ किलोमिटर लामो सबस्टेसन निर्माण गर्ने भएको हो ।
यसका लागि प्रवर्द्धक कम्पनी प्राइम पावर लिमिटेडले अनुमतिपत्रका लागि प्रक्रिया अघि बढाएको छ । आयोजनाका अनुसार प्रसारण लाइन आयोजना अन्तर्गत १९९ वटा स्टिल टुबुलर पोलहरू निर्माण गरिने छन् । पोलको अधिकतम उचाइ १५ मिटर र पोलबीचको औसत दूरी ४३.९ मिटर रहने छ ।
प्रसारण लाइनको निर्माण ९ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।