काठमाडौँ । सिक्लेस हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त बोनस सेयर वितरणको निर्णय गरेको हो ।
कम्पनीले २०८२ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने १२ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो । त्यस्तै, कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.७८९ प्रतिशतका दरले हुने सत्सठ्ठी लाख १० हजार ५ सय २६ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीले उक्त बोनस सेयर तथा नगद लाभांश वितरणको निर्णय कम्पनीको २०औँ र २१औँ संयुक्त वार्षिक साधारण सभाबाट पारित गरी कार्यान्वयनमा लगिने जनाएको छ । साथै, बोनस सेयर वितरणपश्चत कायम हुने चुक्ता पुँजीको शतप्रतिशत (१ सेयर बराबर १ सेयरको अनुपात) हकप्रद सेयर वितरण गर्ने निर्णय समेत गरेको छ ।
कम्पनीको आगामी साधारण सभा मंसिर २९ गते पोखरामा हुने भएको छ । यस कम्पनीले १३ मेगावाटको मद्क्यु खोला लगायतका जलविद्युत् केन्द्र निर्माण गरेको छ ।