• प्राधिकरण : १००५६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ९१५० मे.वा.घन्टा
  • निजी क्षेत्र : १२८०५ मे.वा.घन्टा
  • आयात : ४६६ मे.वा.घन्टा
  • निर्यात : १३४५ मे.वा.घन्टा
  • ट्रिपिङ : ३४० मे.वा.घन्टा
  • ऊर्जा माग : ३२८१७ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १६०९ मे.वा.
×

गोंगर–खिम्ती प्रसारण लाइन सञ्चालनमा, तामाकोसीको बिजुली राष्ट्रिय प्रणालीमा जाेडिँदै

२०७८ असार २०

काठमाडौं । बहुचर्चित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आवद्ध भएको छ । आयोजनाको विद्युत्गृहस्थल गोंगरदेखि खिम्तीसम्मको २२० केभी प्रसारण लाइन चार्ज भएसँगै विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको हो ।

खिम्तीसम्मको ४७.२ किलोमिटर प्रसारण लाइन तयार भइसकेको तर खिम्तीस्थित सबस्टेसनको ट्रान्सफर्मर चार्ज भइसकेको छैन । यसो हुँदा खिम्ती सबस्टेसनमै उपलब्ध विद्युत् उपयाेग गरी लाइन चार्ज गरिएकाे  आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले बताए । लाइन चार्ज भएकाे तर अझै अायाेजनाकाे विद्युत् जाेडिन बाँकी रहेकाे पनि उनले बताए । अब याे लाइनबाट तामाकोसीको विद्युत् गोंगरस्थित भूमिगत जिआइएस (ग्यास इन्सुलेटेड सबस्टेसन) सबस्टेसनदेखि खिम्तीको जिआइएसभित्र छिरेर ढल्केबर सबस्टेसनमा पुग्नेछ  ।

‘निरन्तरको प्रयास र खटाइपछि प्रसारण लाइन चार्ज गर्न सफल भएका छौं, आइतबार ११.१८ बजे खिम्ती सबस्टेसनबाट यस लाइनमा विद्युत् प्रवाह भएकाे छ,’ उनले आइतबार ऊर्जा खबरसँग भने, ‘ढल्केबरबाट आवश्यकता अनुसार काठमाडौंसम्म ल्याउन तथा तराईका क्षेत्रमा वितरण गर्न सकिनेछ ।’

आयोजनाले करिब एक–डेढ महिना लगाएर प्राविधिक परीक्षण (वेट टेस्ट) पूरा गरेको छ । परीक्षण उत्पादनको तयारीको निरिक्षण तथा अनुगमन गर्न अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य असार १३ गते आयोजनास्थल पुगेका थिए ।

खिम्ती–काठमाडौं २२० केभी प्रसारण लाइन तयार नभएको हुँदा तामाकोसीको विद्युत् ढल्केबर पुर्याएर १३२ केभी पुरानो लाइनमार्फत आवश्यकता अनुसार काठमाडौं ल्याइनेछ । यस्तै, तयारीको मागअनुसार वितरण गर्न पनि सहज हुनेछ ।

मुख्यतः तामाकोसीको विद्युत् खिम्ती हुँदै ढल्केबर पुर्याउने नै हो । त्यहाँबाट तराईमा वितरण गर्ने तथा बढी भएमा भारत निर्यात गर्ने योजना पनि हो । तर, अहिले नै भारत निर्यात गर्न सम्भव देखिएको छैन । यसो हुँदा ढल्केबर पुगेको विद्युत् त्यस क्षेत्रमा खपत भएन भने वा काठमाडौंमा चाहियो भने १३२ केभी लाइनमार्फत ल्याउनुपर्ने हुन्छ ।

माथिल्लाे तामाकाेसी परीक्षणसम्बन्धी थप समाचार

१. असार २० गते तामाकोसीको परीक्षण उत्पादन, पहाडको बिजुली तराई घुमेर काठमाडौं सहर भित्रिँदै

२. एक सातामा तामाकोसीको ७६ मेगावाट प्रणाली आउने, असारभित्रै दोस्रो युनिट जोड्ने तयारी

३. असार दोस्रो सातासम्म तामाकोसीबाट १५२ मेगावाट उत्पादन गर्ने लक्ष्य

४. माथिल्लो तामाकोसीको टर्बाइन घुमाइयो, तर फेरि भेटियो गलत डिजाइन !

५. म्यानहोलको मर्मत आज सकिने, साँझदेखि पानी भर्ने काम सुचारु गरिँदै

६. व्यवस्थापन भन्छ : ७–८ दिनभित्र सिभिल संरचना र हाइड्रो मेकानिकल उपकरणको परीक्षण सकिन्छ

७. फेरि भूमरीमा फस्तै माथिल्लाे तामाकाेसी, विद्युत् उत्पादनकाे समय अनिश्चित र अन्याेल

८. माथिल्लो तामाकोसी कोरोना चपेटामा, यस्ता छन् लागत दोब्बर हुनुका कारणहरू !

९. सबै युनिट सञ्चालन हुन अझै ४ महिना लाग्ने, श्रेष्ठ भन्छन् : सुरुङमा पानी हाल्दैमा विद्युत् उत्पादन हुँदैन

१०. उच्चस्तरीय सरकारी टोलीद्वारा तामाकोसीको अवलोकन, सेटलिङ बेसिनमा पानी छोडियो

११. तामाकोसीको सुरुङमा आजबाट पानी भर्न सुरु, सचिवसहितको टोली आयोजनास्थलतर्फ

१२. तामाकोसीको सुरुङ परीक्षण गर्न पानी भर्ने तयारी, लागत सय अर्ब छेउछाउ पुग्यो

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit