विद्युत अपडेट

  • प्राधिकरण : ९५९५ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५००० मे.वा.घन्टा
  • आयात : ५९८२ मे.वा.घन्टा
  • निर्यात : १८९४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५२८४२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २५७४ मे.वा.
२०८२ जेठ ३१, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसीको प्राविधिक परीक्षण (वेट टेस्ट) का क्रममा पेनस्टक पाइपको जोर्नी (म्यानहोल) मा आएको समस्या आज (जेठ ९ गते) साँझसम्म सकिने भएको छ । मर्मत सकिएपछि पुनः पेनस्टकमा पानी भर्ने काम सुचारु हुनेछ ।

‘आज दिनभरिमा मर्मतको काम सकिन्छ भन्ने अनुमान छ, सकियो भने साँझबाट पुनः पानी भर्ने काम सुचारु हुनेछ,’ अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले आइतबार ऊर्जा खबरसँग भने, ‘यो नितान्त प्राविधिक पक्ष हो । मान्छेले कतिपय अवस्थामा पाइपमा पानी हाल्नासाथ धाराको टुटीबाट झर्छ भन्ने जस्तो सोच्छन् । त्यस्तो हुँदैन ।’

मर्मत गर्दै परीक्षण गरिरहँदा नतिजा राम्रो आएको हुँदा साँझसम्म सकिने अनुमान गरिएको पनि श्रेष्ठले दोहोर्याए । यसअघि, मेलम्ची खानेपानी आयोजनाको सुरुङको काम सकिएर पानी हाल्ने क्रममा दुर्घटना भएको थियो । यो कुराले पनि तामाकोसी व्यवस्थापनलाई सचेत र चनाखो बनाएको छ । दुर्घटना हुनुभन्दा केही दिन ढिलो गरेर काम सक्नु उचित रहेको उनको भनाइ छ ।

पेनस्टकको करिब ६ सय मिटरसम्म पानी भरिसकिएको छ । थप प्राविधिक समस्या नआए तथा कोभिड–१९ महामारी दोस्रो लहरले आयोजनाका कामदार र कर्मचारीमा कुनै असर देखा नपरे परीक्षण सुचारु भएको ७ देखि ८ दिनभित्र सिभिल संरचनाहरूको वेट टेस्ट सकिने जनाइएको छ ।

माथिल्लाे तामाकाेसी परीक्षणसम्बन्धी थप समाचार

१. व्यवस्थापन भन्छ : ७–८ दिनभित्र सिभिल संरचना र हाइड्रो मेकानिकल उपकरणको परीक्षण सकिन्छ

२. फेरि भूमरीमा फस्तै माथिल्लाे तामाकाेसी, विद्युत् उत्पादनकाे समय अनिश्चित र अन्याेल

३. माथिल्लो तामाकोसी कोरोना चपेटामा, यस्ता छन् लागत दोब्बर हुनुका कारणहरू !

४. सबै युनिट सञ्चालन हुन अझै ४ महिना लाग्ने, श्रेष्ठ भन्छन् : सुरुङमा पानी हाल्दैमा विद्युत् उत्पादन हुँदैन

५. उच्चस्तरीय सरकारी टोलीद्वारा तामाकोसीको अवलोकन, सेटलिङ बेसिनमा पानी छोडियो

६. तामाकोसीको सुरुङमा आजबाट पानी भर्न सुरु, सचिवसहितको टोली आयोजनास्थलतर्फ

७. तामाकोसीको सुरुङ परीक्षण गर्न पानी भर्ने तयारी, लागत सय अर्ब छेउछाउ पुग्यो

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३