विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस १४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा (लामाबगर) । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ परीक्षण गर्नका लागि आज (बैशाख १६ गते) सेटलिङ बेसिन (बालुवा थिग्रयाउने पोखरी) मा पानी छोडिएको छ । अपरान्ह १२ बजे सरकारी उच्चस्तरीय टोलीको उपस्थितिमा बाँध खोली पानी पठाइएको हो ।

सुरुङ परीक्षणको पूर्वतालिका अनुसार पानी भर्न सुरु गरेको अवलोकन गर्ने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, सञ्चार तथा सूचना मन्त्री पार्वत गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव देवेन्द्र कार्की, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतको टोली हेलिकोप्टरमा आयोजनास्थल आइपुगेको थियो ।

याे पनि पढ्नुहाेस् : तामाकोसीको सुरुङमा आजबाट पानी भर्न सुरु, सचिवसहितको टोली आयोजनास्थलतर्फ

सेटलिङ बेसिन भरिन करिब ५ घन्टा लाग्ने र त्यसपछि विस्तार सुरुङमा पानी प्रवेश गर्ने प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले बताए । ‘पर्सिसम्म पानी पेनस्टकमा पुग्छ होला, सुरुङमा पानी भरिएर परीक्षण गर्न करिब ९ दिन लाग्छ,’ उनले बिहीबार आयोजनास्थलमा ऊर्जा खबरसँग भने, ‘सुरुङ परीक्षण सफल भएपछि टर्बाइन परीक्षण सुरु हुन्छ ।’

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी कोरोना संक्रमित भएपछि उनको प्रतिनिधित्व गर्दै भौतिक मन्त्री नेम्वाङ आएका हुन् । उता गुरुङ भने दोलखा जिल्लाबासी नेताको हैसियतमा आएका थिए ।

याे पनि पढ्नुहाेस् : तामाकोसीको सुरुङ परीक्षण गर्न पानी भर्ने तयारी, लागत सय अर्ब छेउछाउ पुग्यो

मेसिन अर्थात् टर्बाइन परीक्षण गर्न पनि १२–१४ दिन लाग्ने शाक्यले बताए । यो सफल भएपछि मात्र औपचारिकरूपमा बाँधबाट पानी सञ्चालन गरी विद्युत् उत्पादन सुरु हुन्छ । सामान्य हिसाबमा पनि सुरुङमा पानी भर्न ९-१० दिन र टर्बाइन परीक्षण गर्न १२–१४ दिन लाग्ने भएपछि यसै पनि करिब एक महिना गुज्रिन्छ ।

अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले केही दिन अगाडि बैशाख १२ गतेबाट सुरुङमा पानी भर्न सुरु गर्ने जनाएको थियो । त्यसपछि, १३, १४ गते हुँदै १५ गते पुर्यायो । हिजोको तालिका अनुसार १६ गते पानी भर्ने दिन तोकियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३