विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न २२० केभी कोसी कोरिडोर प्रसारण लाइनमा निरन्तर विद्युत प्रवाह गर्ने तयारी गरेको छ । लाइन अन्तर्गत सङ्खुवासभा जिल्लाको तुम्लिङटार सबस्टेसनदेखि सोही जिल्लाको बानेश्वर सबस्टेसन र टुटे देउराली (बसन्तपुर तेहथुम) सबस्टेसन हुँदै सुनसरी जिल्लाको इनरुवा (भोक्राहा) सबस्टेसनसम्म विद्युत प्रवाह गर्न लागिएको हो ।

साेमबबार (साउन १६ गते) देखि १०६ किलोमिटर लामो लाइनमा निरन्तर विद्युत प्रवाह गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार निरन्तर विद्युत प्रवाह हुने भएकाले जिल्लाका स्थानीयलाई प्रसारण लाइनको तार तथा टावरहरूमा नछुन, नचढ्न, प्रसारण लाइनका टावर वरिपरि कोही कसैबाट घाँस दाउरा सङ्कलन कार्य नगर्न, पशु चौपाया चराउने जस्ता कार्य नगर्न आग्रह गरिएको छ ।

यदि अटेर गरी बन्देज गरिएका क्रियाकलापहरू गरेको कारण कुनै विद्युतीय दुर्घटना भई हुनसक्ने कुनै पनि जनधनको क्षतिको जिम्मेवार प्राधिकरण नभई सम्बन्धित पक्ष नै हुने प्राधिकरणले चेतावनी दिएको छ ।

लाइनले संखुवासभाको खांदबारी नगरपालिका, पांचखापन नगरपालिका,  चैनपुर नगरपालिका र धर्मदेवी नगरपालिकामा पर्दछ । त्यस्तै तेह्रथुमको लालीगुराँस नगरपालिका, धनकुटाको  महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका, धनकुटा नगरपालिका, र सागुरीगढी नगरपालिका र सुनसरीको धरान उपमहानरपालिका., बराहा नगरपालिका, रामधुनी नगरपालिका, इनरुवा नगरपालिका र बोक्राहा गाउँपालिकामा पर्दछ ।

प्रदेश–१ को भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङ जिल्लामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न कोसी कोरिडोर निर्माण भएको छ । प्राधिकरणले निजी क्षेत्रका २८ जलविद्युत आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरिसकेको छ । यी आयोजना अहिले निर्माणको विभिन्न चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit