विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामकोसी जलविद्युत आयोजनाको पहिलो युनिट एक साताभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । आयोजनाको परीक्षण सफल भएपछि पहिलो युनिटको ७६ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने तयारी भइरहेको हो ।

आयोजनाबाट विद्युत उत्पादन सुरु गर्न मुख्य सुरुङमा पानी भर्ने कार्य सफलतापूर्वक सकिएको प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले बताए । ‘४८ घन्टाको अवलोकनपछि सुरुङमा पानी भरिएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘नेपाल विद्युत प्राधिकरणले न्यू खिम्ती सबस्टेसन र १३२ केभी खिम्ती–लामोसाँघु प्रसारण लाइनलाई सिन्क्रोनाइज गर्ने कार्य सम्पन्न भएपछि उत्पादन सुरु हुन्छ ।’ 

उनले आयोजनाको विद्युत प्रवाह हुने २२० केभी खिम्ती–ढल्केबर प्रसारण लाइन तयारी अवस्थामा रहेको र न्यू खिम्ती सबस्टेसनमा ‘लाइन आउट र लाइन इन’ गर्ने कार्य पनि एक साताभित्र सम्पन्न भइसक्ने बताए । प्रसारण प्रणालीमा जोड्नुअघि २४ घन्टाका लागि परीक्षण उत्पादन गरेर हेरिने पनि उनले बताए ।

आयोजनाको विद्युत प्रणालीमा जोड्न विद्युत प्राधिकरणले २२०/१३२ केभी न्यू खिम्ती सबस्टेसनसँग सिन्क्रोनाइज गर्न खिम्ती–लामोसाँघु प्रसारण लाइन बन्द (सटडाउन) गरेको छ । आइतबारदेखि बन्द भएको यो प्रसारण लाइन असार १९ गतेबाट सुचारु हुनेछ ।

यो लाइन सुचारु भए लगत्तै तामाकोसीबाट उत्पादन सुरु गर्ने तयारी कम्पनीले गरेको छ । पहिलो युनिट प्रसारण प्रणालीमा जोडिएपछि असारभित्रै दोस्रो युनिट पनि सञ्चालनमा आउने श्रेष्ठले जानकारी दिए ।

‘आयोजनामा मुख्य परीक्षण भनेकै बाँध, बालुवा थिग्राउने पोखरी र सुरुङ हो । यो चरण पूरा भइसकेकाले पहिलो युनिटको उत्पादन सुरु भइसकेपछि असारभित्रै दोस्रो युनिटबाट पनि उत्पादन सुरु गर्ने तयारी भइरहेको छ’ उनले भने ।

दोस्रो युनिट सञ्चालन गर्न मेकानिकल परीक्षण पूरा भइसकेको छ । तेस्रो, चौंथो, पाँचौं र छैटौं युनिट पनि १५ दिनको फरकमा प्रणालीमा जोडिँदै जाने श्रेष्ठले जानकारी दिए । 

आयोजनाले उत्पादन गर्ने विद्युत न्यू खिम्ती सबस्टेसनसम्म पुर्याउन कम्पनीले नै ४७ किलोमिटर लामो २२० केभी गाेंगर–न्यू खिम्ती प्रसारण लाइन निर्माण गरिसकेको छ । न्यू खिम्ती सबस्टसनसम्म पुगेको विद्युत खिम्ती–ढल्केबर लाइन हुँदै ढल्केबर सबस्टेसन तथा खिम्ती–लामोसाँघु प्रसारण लाइनमार्फत काठमाडौंसम्म आइपुग्नेछ ।

ढल्केबर सबस्टेसनबाट देशका विभिन्न क्षेत्रमा पुर्याइनेछ । देशभित्र बढी भएको विद्युत ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फ भारततर्फ पनि पठाउन सकिनेछ ।

२०६८ साल जेठ ४ गते तत्कालिन प्रधानमन्त्री झलनाथ खनाल र ऊर्जा मन्त्री गोकर्ण विष्टले आयोजनाको शिलान्यास गरेर आयोजना निर्माणको उद्घाटन गरेका थिए । निर्माण थालेको १० वर्षमा आयोजना सम्पन्न भई विद्युत उत्पादनको चरणमा पुग्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit