काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा कार्यरत सम्पूर्ण कर्मचारीले तोकिएको पोसाक नियमित रूपमा लगाएर कार्यालय नभए कारबाही हुने भएको छ ।
मंसिर १२ गतेको कार्यकारी निर्देशकस्तरीय निर्णय अनुसार नेपाल विद्युत् प्राधिकरण कर्मचारी सेवा सर्त विनियमावली २०७५ को विनियम १२१ को उप–विनियम (४) ले गरेको व्यवस्था अनुसार कर्मचारीले पोसाक लगाए/नलगाएको अनुगमन गरी उक्त विनियमको उप–विनियम (५) बमोजिम विभागीय कारबाही समेत गर्न/गराउने निर्देशन दिइएको छ ।
प्राधिकरण केन्द्रीय कार्यालयका धेरैजसो कर्मचारीले कार्यालय समयमा तोकिएको पोसाक नलगाएको उजुरी राष्ट्रिय सतर्कता केन्द्रमा परेपछि केन्द्रले पोसाक अनिवार्य गर्न प्राधिकरणलाई पत्राचार गरेको जनाइएको छ ।