विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको एउटा युनिटबाट विद्युत् उत्पादन गर्न अझै एक महिना लाग्ने देखिएको छ । उपकरण परीक्षण (सुख्खा परीक्षण) मा समय लागेको हुँदा पूर्वनिर्धारित समयभन्दा ढिलो उत्पादन सुरु हुने भएको छ ।

पूर्वनिर्धारित तालिका अनुसार परीक्षणका सबै काम पूरा गरेर बैशाख अन्तिमबाट एउटा युनिट (७६ मेगावाट) बाट विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । यो तालिकाभित्र परीक्षणका काम नसकिएपछि जेठ २ गते पहिलो युनिट चलाउने भनियो । तर, यो समय पनि मिल्न सकेन । अब पहिलो युनिट सञ्चालनको समय करिब जेठको दोस्रो सातासम्म धकेलिएको छ ।

उक्त मितिभित्र एउटा युनिट सञ्चालनमा ल्याउने तयारीका लागि आज (बैशाख १६ गते) सरकारको एक उच्चस्तरीय टोली आयोजनास्थल पुग्ने कार्यक्रम छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, सञ्चार तथा सूचना मन्त्री पावर्त गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव देवेन्द्र कार्की, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव सम्मिलित टोली आयोजनास्थल पुग्ने जनाइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी कोरोना संक्रमित भएपछि उनको प्रतिनिधित्व गर्दै भौतिक मन्त्री नेम्वाङ जान लागेका हुन् । उता गुरुङ भने दोलखा जिल्लाबासी नेताको हैसियतमा जाँदैछन् । उनीहरू बिहान हेलिकोप्टरमा त्यसतर्फ जाने कार्यक्रम रहेको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।

आज अर्थात् बैशाख १६ गते दिउँसोबाट सुरुङमा पानी भर्न सुरु गरिने प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले बताए । ‘सुरुङमा पानी भर्न नै ९ दिन लाग्छ, उपकरणहरू एक–एक गर्दै पानी भर्दै जाने हो,’ उनले ऊर्जा खबरसँग भने, ‘सुरुङ परीक्षण सफल भयो भने सुरुङभित्र भरिएको पानी टर्बाइनमा पठाएर मेसिन घुमाइन्छ ।’

याे पनि पढ्नुहाेस् : तामाकोसीको सुरुङ परीक्षण गर्न पानी भर्ने तयारी, लागत सय अर्ब छेउछाउ पुग्यो

मेसिन अर्थात् टर्बाइन परीक्षण गर्न पनि १२–१४ दिन लाग्ने शाक्यले बताए । यो सफल भएपछि मात्र औपचारिकरूपमा बाँधबाट पानी सञ्चालन गरी विद्युत् उत्पादन सुरु हुन्छ । सामान्य हिसाबमा पनि सुरुङमा पानी भर्न ९-१० दिन र टर्बाइन परीक्षण गर्न १२–१४ दिन लाग्ने भएपछि यसै पनि करिब एक महिना गुज्रिन्छ ।

अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले केही दिन अगाडि बैशाख १२ गतेबाट सुरुङमा पानी भर्न सुरु गर्ने जनाएको थियो । त्यसपछि, १३, १४ गते हुँदै १५ गते पुर्यायो । हिजोको तालिका अनुसार १६ गते पानी भर्ने दिन तोकियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३