विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका दुई वटा युनिट (१५२ मेगावाट) आगामी असार दोस्रो सातासम्म सञ्चालनमा ल्याउने तयारी अनुसार काम भइरहेको छ । अहिले आयोजनाको मेकानिकल अर्थात् वेट टेस्ट (उपकरण परीक्षण) भइरहेको छ ।

पहिलो र दोस्रो युनिटको परीक्षण सँगसँगै गरिएको हुँदा एक साताको फरकमा दुवै युनिट सञ्चालनमा ल्याउन सकिने आयोजनाले जनाएको छ । केही दिनअगाडि पहिलो युनिटको टर्बाइन घुमाउने क्रममा पानीको प्रेसर (चाप) ले माथिल्लो पेनस्टकमा जाने सहायक सुरुङको गेटबाट पानी लिकेज (चुहिइएको) थियो ।

बाँधबाट आएको पानीको तीव्र गति र चापले सहायक सुरुङको गेटबाट पानी चुहिइएपछि यो सँगै भैंसेतर्फको सहायक सुरुङ (अडिट) को गेटसमेत मर्मत सुरु गरिएको थियो । भैंसेतर्फको गेट मर्मत सकेर माथिल्लो पेनस्टक नजिकको गेट मर्मत भइरहेको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

‘माथिल्लो पेनस्टक नजिकको गेटको मर्मत सोमबार (जेठ २४ गते) देखि सुरु भएको हो, शुक्रबारसम्म सकिन्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘जिओलोजिकल र इलेक्ट्रिकल विज्ञहरू खटाएर चाँडो काम सक्ने लक्ष्य छ ।’ असार पहिलो सातासम्म पहिलो युनिटबाट विद्युत् उत्पादन गर्न सकिने पनि उनले बताए ।

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष (आव) २०७८/७९ को बजेट तथा कार्यक्रममा यस आवमा तामाकोसीबाट २२८ मेगावाटमात्र विद्युत् उत्पादन हुने प्रक्षेपण गरेको छ । यसको अर्थ आगामी आवमा माथिल्लो तामाकोसी पूर्ण क्षमता (४५६) मा सञ्चालन हुन सक्ने सम्भावना न्यून देखिएको छ । आयोजनाको विद्युत्गृहमा ७६ युनिटका ६ वटा टर्बाइन जडान गरिएको छ ।

माथिल्लाे तामाकाेसी परीक्षणसम्बन्धी थप समाचार

१. माथिल्लो तामाकोसीको टर्बाइन घुमाइयो, तर फेरि भेटियो गलत डिजाइन !

२. म्यानहोलको मर्मत आज सकिने, साँझदेखि पानी भर्ने काम सुचारु गरिँदै

३. व्यवस्थापन भन्छ : ७–८ दिनभित्र सिभिल संरचना र हाइड्रो मेकानिकल उपकरणको परीक्षण सकिन्छ

४. फेरि भूमरीमा फस्तै माथिल्लाे तामाकाेसी, विद्युत् उत्पादनकाे समय अनिश्चित र अन्याेल

५. माथिल्लो तामाकोसी कोरोना चपेटामा, यस्ता छन् लागत दोब्बर हुनुका कारणहरू !

६. सबै युनिट सञ्चालन हुन अझै ४ महिना लाग्ने, श्रेष्ठ भन्छन् : सुरुङमा पानी हाल्दैमा विद्युत् उत्पादन हुँदैन

७. उच्चस्तरीय सरकारी टोलीद्वारा तामाकोसीको अवलोकन, सेटलिङ बेसिनमा पानी छोडियो

८. तामाकोसीको सुरुङमा आजबाट पानी भर्न सुरु, सचिवसहितको टोली आयोजनास्थलतर्फ

९. तामाकोसीको सुरुङ परीक्षण गर्न पानी भर्ने तयारी, लागत सय अर्ब छेउछाउ पुग्यो

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३