विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नार खोला हाइड्रो इनर्जी प्रालिले मनाङमा निर्माण गर्न लागेको ६१.११ मेगावाटको नार खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । आयोजनामा कुमारी बैंकको अगुवाइमा ५ वटा बैंकले सहवित्तीयकरणमा ऋण लगानी गर्ने गरी सम्झौता भएको छ । सोमबार आयोजित एक समारोहका बीच सम्झौता पत्रमा प्रवर्द्धक कम्पनीका अध्यक्ष बटु लामिछाने र सहवित्तीयकरणको अगुवा कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले हस्ताक्षर गरेका छन् । कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष समेत रहेका प्रवर्द्धक कम्पनीका प्रबन्ध निर्देशक गणेश कार्कीसहितका व्यक्तिहरूको उपस्थिति थियो ।

सम्झौता अनुसार कुल लागत १२ अर्ब ८४ करोड लागत अनुमान गरिएको आयोजनामा बैंकहरूले कुल ९ अर्ब ६३ करोड रुपैयाँ ऋण लगानी गर्ने छन् । ऋण लगानी गर्ने अन्य बैंकहरूमा नेपाल एसबिआई बैंक, एनआइसी एसिया बैंक, कृषि विकास बैंक, हिमालयन बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गर्ने छन् । आयोजनामा सानिमा बैंकले पनि लगानी गर्ने विषयमा छलफल चलिरहेको प्रवर्द्धक कम्पनीका अध्यक्ष लामिछानेले ऊर्जा खबरसँग बताए । 

उनका अनुसार आयोजनामा कुल लगानीको ७५ प्रतिशत ऋण र २५ प्रतिशतले हुन आउने ३ अर्ब २१ करोड स्वपुँजी लगानी रहने छ । स्वपुँजीमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहने छ ।

मनाङको नार्पा भूमि र नासोङ गाउँपालिका भएर बहने नार खोला र सोती खोलाको पानीलाई एकत्रित गरी उक्त आयोजना निर्माण गर्न लागिएको हो । आयोजना निर्माणका लागि आवश्यक सबैजसो प्रक्रिया पूरा भइसकेकोले अब निर्माणमा अघि बढ्ने लामिछानेको भनाइ छ । 

कम्पनीका अनुसार आयोजनाको बाँध तथा हेडवर्क्सका संरचना नार्पा भूमि गाउँपालिकामा रहने छ । बाँधस्थलबाट करिब ८ किलोमिटरको मुख्य सुरुङ र पेनस्टक हुँदै खोलाको पानीलाई नासोङ गाउँपालिकामा रहने विद्युत् गृहमा पुर्‍याइने छ । 

ग्रेस हेड ५८८.८२ मिटर रहने उक्त आयोजनाबाट वार्षिक औसत ३६६.४८ गिगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको मनाङस्थित निर्माणाधीन धारापानी सबस्टेसनमा जोडिने छ ।

आयोजनाको पूर्वाधार निर्माण सुरु भइसकेको र २०८३ वैशाखदेखि मुख्य संरचनाको निर्माण सुरु गरी ३ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३