विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालले अहिलेसम्म भारतबाट बिजुली किनिरहेको छ । किन्नुपर्ने बाध्यता पनि छ तर अब बेच्ने सम्भावनाको ढोका खुल्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले बेच्न प्रस्ताव गरेको ४० मेगावाट बिजुली भारतले स्वीकार गरेपछि यसको सम्भावना बलियो भएको हो ।

प्राधिकरणले यसअघि नै भारतमा ४० मेगावाट बिजुली बेच्न प्रस्ताव गरेको बताउँदै आएको थियो । त्यसमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगवाटको भोटेकोसीको बिजुली बेच्ने कुरो थियो । प्राधिकरणको प्रस्तावलाई पञ्जाब स्टेट पावर कर्पोरेशन लिमिटेडले स्वीकार गरेको छ ।

पञ्जाब स्टेट पावरले ६०० मेगावाट बिजुली किन्न गरेको ठेक्का (टेन्डर) अर्थात् बोलपत्र आह्वानमा नेपालको ४० मेगावाटलाई पनि त्यसैभित्र पारिएको प्राधिकरण उच्च स्रोतले जानकारी दियो । ‘पञ्जाब स्टेट पावरले किन्ने बिजुलीभित्र हाम्रो पनि परेको छ, यो खुसीको कुरा हो,’ स्रोतले ऊर्जा खबरसँग भन्यो, ‘यद्यपि, हामीले आशयपत्र पाइसकेका छैनौं ।’

आशयपत्र (लेटर अफ इन्टेन्ट, एलओआई) प्राप्त भइसकेपछि ४० मेगावाट बेच्न प्राधिकरण सफल हुने पनि स्रोतले बतायो । नेपाल अर्थात् प्राधिकरणका लागि विद्युत् निर्यातमा यो नयाँ फड्को हुनेछ । पञ्जाब स्टेट पावरले मे १५ तारिख (जेठ १ गते) सम्म एलओआई जारी गर्ने जानकारी दिएको छ । उसले सफल बोलपत्रदातालाई एलओआई जारी गरेपछि निर्यातको थप प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।

याे पनि पढ्नुहाेस् : भारतीय इनर्जी एक्सचेन्ज बजारबाट बिजुली किन्न सुरु, साविककाे भन्दा ५९ पैसा सस्ताे

प्राधिकरणका अनुसार आगामी जुलाई, अगष्ट र सेप्टेम्बर ३ महिना पञ्जाब स्टेट पावरलाई प्रतियुनिट ३.८९ भारु (६.२२४ रुपैयाँ) देखि प्रतियुनिट ३.२५ भारु (५.२० रुपैयाँ) सम्म बिजुली बेचिनेछ । किन्दा जस्तै बेच्दा पनि ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन नै प्रयोग हुनेछ ।

नेपाल अर्थात् प्राधिकरणले उल्लेखित दरमै बेच्न पाए बिजुलीको दर किनिरहेको भन्दा केही सस्तो हुनेछ । ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट विद्युत् खरिद सम्झौता (पिपिए) अनुसार प्राधिकरणले प्रतियुनिट ४.१८ भारु (६.६८८ रुपैयाँ) मा किनिरहेको छ । यसको आधारमा किन्ने भन्दा बेच्ने दर भारु २९ पैसा (०.४६४ पैसा) सस्तो हुनेछ ।

पञ्जाब स्टेट पावरले सफल बोलपत्र दाताका नाममा एलओआई जारी गरेपछि एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) लिमिटेडसँग सम्झौता गर्नुपर्ने हुन्छ । किनकि, नेपालका लागि विद्युत् किन्न वा बेच्न एनभिभिएनलाई भारतले नोडल एजेन्सी तोकेको छ । एनभिभिएनले नै प्राधिकरणको तर्फबाट पन्जाब स्टेट पावरमा बोलपत्र पेश गरेको थियो ।

याे पनि पढ्नुहाेस् : भारतमा बिजुली बेच्ने बाटो बन्द, नेपालको दर महँगो हुँदा प्रतिस्पर्धाबाट प्राधिकरण बाहिरियाे

एनभिभिएनसँग सम्झौता गर्नुका लागि भारत सरकारबाट पनि बिजुली बेच्ने स्वीकृति लिनुपर्छ । जसरी, यसअघि एक्जचेन्ज बजारबाट बिजुली किन्न प्राधिकरणले स्वीकृति लिएको थियो । भारतले जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार निर्देशिकामा बोलपत्रमार्फत वा त्यहाँको एक्सचेन्ज बजारमा बिजुली किनबेच गर्न त्यहाँको अख्तियार प्राप्त निकायसँगै सरकारको पनि स्वीकृति आवश्यक पर्छ ।

बोलपत्रमा प्रतिस्पर्धा गरेर बिजुली बेच्न लागेको नेपालको यो पहिलो प्रयास हुनेछ । बिजुली बेच्ने प्रयोजनका लागि प्राधिकरणले माथिल्लो तामाकोसी र भोटेकोसीका सबै कागजातहरू एनभिभिएनलाई पठाइसकेको छ । यद्यपि, तामाकोसीबाट कहिले बिजुली उत्पादन हुन्छ भन्ने अझै यकिन भइसकेको छैन ।

प्राधिकरणले गत बैशाख १८ गतेदेखि भारतको विद्युत् एक्सचेन्ज बजार (ऊर्जा बजार) बाट सोझै विद्युत् खरिद सुरु गरेको छ । भारतले बैशाख १ गते त्यस्तो बजारबाट नेपालले बिजुली किन्न पाउने गरी स्वीकृति दिएको थियो ।

याे पनि पढ्नुहाेस् : भारतमा बिजुली कि नैतिकताको व्यापार !

यसअघि दिल्लीस्थित डिआरपिएल नामको विद्युत् व्यापार कम्पनीले २५ मेगावाटदेखि ७०० मेगावाटसम्म बिजुली बेच्न इच्छुक कम्पनीबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । यही बोलपत्रका आधारमा प्राधिकरणले एनभिभिएन मार्फत २५ मेगावाट बेच्न भाग लिएको थियो । तर, प्राधिकरणको प्रस्ताव दर महँगो हुँदा सफल भएको थिएन ।

दिल्लीको कम्पनीले माग गरेको बिजुलीको परिमाण उपलब्ध गराउन प्रतियुनिट भारु ३ देखि ३.२५ सम्मको मूल्य प्रस्ताव गर्ने कम्पनी छनोट भएका थिए । भारतीय बजारमा बिजुलीको मूल्य सस्तो हुँदा आगामी दिनमा पनि नेपालले सोचे जस्तो भाउ पाउने सम्भावना भने कम देखिन्छ ।

थप समाचारहरू

भारतीय विद्युत् एक्सचेञ्ज बजार र मिश्रित खरिद मोडालिटी

नेपालले भारतको विद्युत् ‘एक्सचेन्ज’ बजारमा प्रवेशको स्वीकृति पायो

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit