विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा तथा जलविद्युत उत्पादन गर्ने प्रवर्द्धकहरूको छाता संगठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले नेपालको बिजुली किन्ने भारतको निर्णयलाई स्वागत गरेको छ । आज (कात्तिक १७ गते बुधबार) पत्रकार सम्मेलन गरी यस्तो धारणा सार्वजनिक गरेको हो ।

लामो समयको प्रतीक्षापछि नेपालको निर्णय भारतले स्वीकृत गरेको र यसबाट अन्तर्राष्ट्रिय बजारमा व्यापारको ढोका खुलेको इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । ‘आजसम्म हामीले किनिरहेका मात्र थियौं, अब बेच्न सक्ने भएका छौं । यो राम्रो सुरुवात भएको छ,’ उनले भने, ‘सरकारले व्यापारको दायरालाई फराकिलो बनाउँदै लैजानुपर्छ ।’

भारतमा बिजुली बेच्ने कुरामा खुसी भइरहँदा देशभित्रै खपत गर्ने योजनालाई भुल्न नहुनेमा आचार्यले जोड दिएका छन् । ‘फेरि पनि हाम्रो पहिलो प्राथमिकता देशभित्रै खपत बढाउने हो, यहाँ गुणस्तरीय विद्युत आपूर्ति गर्ने हो,’ उनले जोड दिए, ‘बल्ल हामीले भारत तथा तेस्रो बजारलाई प्राथमिकता दिनुपर्छ ।’

भारत तथा भारत हुँदै बंगलादेशसम्म बिजुली बेच्न निजी क्षेत्रलाई समेत ढोका खोल्नुपर्ने भन्दै इपानले सरकारको ध्यानाकर्षण गराएको छ । नेपालको जलविद्युत क्षेत्रलाई व्यवस्थित एवं मर्यादित तरिकाले विकास र विस्तार गर्दै बढी भन्दा बढी उत्पादन गर्नुपर्ने इपानको धारणा छ । उत्पादन बढाउन सके त्यसले स्वतः बजार खोज्ने पनि तर्क अघि सारिएको छ ।

यसैगरी, स्वदेश तथा विदेशमा विभिन्न माध्यमबाट बिक्री वितरण गर्न आवश्यक नियम कानुनहरू निर्माण गर्न, अन्तरदेशीय विद्युत व्यापार निर्देशिका बनाउन, प्रसारण लाइनको राजमार्ग निर्माण गर्दै ह्विलिङ चार्ज तय गर्ने कामलाई सरकारले छिटो पूर्णता दिनुपर्ने पनि इपानको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरणले ७-८ महिना अगाडि बिजुली बेच्ने विषयमा पठाएको प्रस्ताव भारतले स्वीकृत गरी मंगलबार (कात्तिक १६ गते) राति १२ बजेदेखि किन्न थालेको छ । भारतले सुरुमा २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाटको कूल ३९ मेगावाट किन्ने स्वीकृति जनाएको छ ।

प्राधिकरणले सुरुमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ४५ मेगावाटको भोटेकोसी, ६९ मेगावाटको मर्स्याङ्दी लगायत आयोजनाको बिजुली बेच्न प्रस्ताव गरेको थियो । प्राधिकरणले निजी क्षेत्रका अन्य आयोजनाको बिजुली बेच्न सक्ने प्रस्ताव भने गरेको थिएन ।

याे पनि पढ्नुहाेस्

नेपाललाई भारतीय बजारमा विद्युत निर्यातको अनुमति, मंगलबार रातिबाट ३९ मेगावाट पठाइने 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit