विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजार (एक्सचेन्ज बजार) बाट प्रतिस्पर्धी दरमा सोझै विद्युत खरिद गर्न सुरु गरेको छ । प्राधिकरणले शनिबार एक दिनका लागि यसरी बिजुली किन्न लागेकाे हाे ।

प्राधिकरणले आज (शनिबार) राति १२ बजेबाट २०० देखि २५० मेगावाटसम्म विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज बजारमा खरिद गरी ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गर्नेछ । योसँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

'पहिलेबाटै सम्पूर्ण तयारी गरिएकाले अनुमति पाउनासाथ भारतीय बजारमा प्रवेश गरी विद्युत खरिद गर्न प्राधिकरण सफल भएको छ,' उनले भने, 'अब यसरी नै आगामी दिनमा खरिद गर्दै जाने हाे । हामीले विद्युत् खरिद सम्झाैता (पिपिए) प्रणाली र एक्सचेन्ज दुवै माध्यमबाट विद्युत् खरिद गर्नेछाैं । यसाे हुँदा आर्थिक र प्राविधिक सन्तुलन मिल्छ ।'

अनुसार ढल्केबर-मुजफ्फरपुर लाइनबाट पिपिए अनुसार किनिएकाे प्रतियुनिट भारु ४.१८ (६.६८८ रुपैयाँ) थियाे तर एक्सचेन्ज बजारबाट किन्ने बिजुली भारु ३.८१ (६.०९६) छ । जुन दर करिब भारु ३७ पैसा (५९.२० पैसा) सस्ताे छ । समयमै प्राविधिक पक्ष र भारतीय बजार विश्लेषण गरेर आवेदन दिएकाे हुँदा सस्ताे बिजुली पाउन सकिएकाे प्राधिकरण विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए ।

अधिकारीका अनुसार शनिबार राति १२ बजेदेखि १ बजेसम्म २५० मेगावाट, १ बजेदेखि साँझ ६ बजेसम्म २०० मेगावाट र साँझ ६ बजेदेखि राति १ बजेसम्म २५० मेगावाट विद्युत् खरिद गरिनेछ । औसत मार्केट क्लियरिङ मूल्य प्रतियुनिट भारु ३.२९ रहे पनि यसमा प्रसारण तथा अन्य शुल्क जाेड्दा भारु ४९ पैसा थपिन्छ । जसमा भारतीय कम्पनी एनटिपिसी विद्युत निगम लिमिटेड (एनभिभिएन) काे ट्रेडिङ मार्जिन भारु २.७५ पैसा छ ।

समग्रमा शनिबारका लागि भारतीय एक्सचेन्ज बजारबाट खरिद गरिने ५१५० मेगावाट घन्टा विद्युत्काे मूल्य प्रतियुनिट भारु ३.८१ नै पर्नेछ । यसरी ५९ पैसा सस्ताेमा बिजुली किन्दा प्राधिकरणकाे करिब ३० लाख ४८ हजार रुपैयाँ बचत भएको छ ।

प्राधिकरण र एनभिभिएनबीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत खरिद बिक्री (पिपिए) सम्झौता भएको छ । पिपिएको म्याद ३० जुन २०२१ सम्म छ ।

भारतीय एक्सचेन्ज बजारबाट विद्युत खरिदका लागि प्राधिकरणकातर्फबाट सम्पूर्ण कारोबार भारतीय नोडल कम्पनी एनभिभिएनले गर्नेछ । एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउनेछ । एक्सचेन्ज बजारमा कारोबार भएको विद्युतको दैनिक बिल एनभिभिएनले पेश गरेपछि ५ दिनभित्रमा प्राधिकरणले भुक्तानी पठाउनुपर्ने व्यवस्था रहेको कार्यकारी निर्देशक शाक्यले बताए ।

प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई विद्युत उत्पादन सुरु भएपछि आन्तरिक रुपमा खपत गरेर जगेडा भएको विद्युत भारतीय बजारमा बिक्री गर्ने योजना बनाएको छ । साथै, तामाकाेसी सहित ४५ मेगावाटकाे भाेटेकाेसीकाे बिजुली पनि बेच्न प्रस्ताव गरिएकाे छ। नेपाल (प्राधिकरण) भारतीय ऊर्जा एक्सचेन्ज बजारको सदस्य भएको र प्रवेश पनि पाइसकेकाले विद्युत बिक्रीका लागि पनि थप सहज हुने शाक्यकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit