विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको २२० केभी काठमाडौं-मर्स्याङ्दी प्रसारण लाइन पूरा हुने चरणमा पुगेको छ । तनहुँको मार्कीचोकदेखि काठमाडौंको मातातीर्थ सबस्टेसनसम्म आइपुग्ने गरी निर्माणाधीन प्रसारण लाइन सम्पन्न हुन लागेको हो ।

अहिले धादिङको सिद्धलेक गाउँपालिकास्थित पिपलटार खण्डमा प्रसारण लाइनको अन्तिम चरणका कामहरू भइरहेका छन् । स्थानीय अवरोध हटाएर प्रसारण लाइनको बाँकी टावरको काम गरिरहेको आयोजना प्रमुख लक्ष्मण फुयाँलले बताए । 

‘स्थानीयसँगको समझदारीपछि पनि केही समय काम रोकिन पुगेको थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘त्यो समस्या सुल्झाएर वर्षौंदेखि रोकिएको २ वटा टावरको काम गरिरहेका छौं ।’ उनले प्रसारण लाइनको दुवै टावरको जग हाली ठड्याउने काम पनि पूरा भइसकेको बताए ।

अहिले तार तान्ने काम भइरहेको छ । यो खण्डमा तार तान्ने काम सम्पन्न गर्न अब बढीमा २० दिनको समय लाग्ने उनले जानकारी दिए । २२० केभी प्रसारण लाइन तयार भएपछि केही समय १३२ केभीमा सञ्चालन गरिने भएको छ ।

मर्स्याङ्दीमा २२० केभी सबस्टेसन बनिनसकेकाले प्रसारण लाइनलाई १३२ केभीमा सञ्चालन गर्ने प्राधिकरणको योजना छ । ‘प्रसारण लाइन त २२० केभी क्षमताको छ । तर, यसलाई यही क्षमतामा सञ्चालन गर्न सबस्टेसन बनिसकेको छैन । त्यहीकारण अहिले उपलब्ध १३२ केभी सबस्टेसनबाट प्रसारण लाइन चार्ज हुन्छ’ उनले भने ।

प्रसारण लाइन १३२ केभीमा चार्ज गर्न मार्कीचोक सबस्टेसनदेखि २२० केभी प्रसारण लाइनसम्म जोड्न २ वटा टावर निर्माण गर्नुपर्ने भएको छ । टावर ठड्याउन सोमबारदेखि जग तयार गर्न काम सुरु गरिने फुयाँलले जानकारी दिए । 

टावरमा लाग्ने उपकरण आयातको स्वीकृति पर्खिरहेको उनले बताए । उपकरण आउने क्रममा छ । आइसकेको सामाग्रीबाट काम सुरु हुँदैछ । बाँकी उपकरण पनि १ महिनाभित्र आइपुग्ने आयोजनाको दाबी छ । 

यी सबै काम सम्पन्न गरेर प्रसारण लाइन सञ्चालनमा ल्याउन बढीमा २ महिनाको समय लाग्ने देखिएको छ । यो प्रसारण लाइन १३२ केभीमा सञ्चालन हुँदा १५० देखि २०० मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिनेछ ।

सिद्धलेकको पिपलटार खण्डमा स्थानीय अवरोध हटेपछि गत मंसिरबाट काम सुरु गरिएको थियो । काम सुरु हुनासाथ प्रदेश सरकारमा आयोजनाबाट केही सहयोग नपाएको भन्ने गुनासो पुगेपछि यसबीचमा ३५ दिनसम्म पुनः काम रोकिन पुगेको थियो ।

पटक–पटकको छलफल र परामर्शपछि सहमति कामय गरेर काम सुचारु गरिएको थियो । प्रसारण लाइन आयोजना अन्तर्गत २३१ वटा टावर निर्माण भएका छन् । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत मर्स्याङ्दी बेसिनका जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न तनहुँको मार्कीचोकदेखि काठमाडौंको मातातीर्थसम्म ८२ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ ।

यो प्रसारण लाइन पूरा भई सञ्चालनमा आएपछि १ हजार मेगावाट विद्युत प्रवाह गर्ने संरचना तयार हुनेछ । प्रसारण लाइन निर्माण गर्न सन् २०१६ को जुनमा भारतको टाटा प्रोजेक्ट कम्पनीसँग सम्झौता भएको थियो । सबस्टेसनको काम भने चीनको सिएमइसी कम्पनीले गरिरहेको छ । प्रसारण लाइन आयोजना सम्पन्न गर्न २ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit