विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । तनहुँको पुलीमर्याङ्गबाट सुरु गरिएको सौर्य ऊर्जाले करिब १५ बर्षसम्म एउटै मात्र सन्देश दियो- त्यो हो सौर्य ऊर्जा केही थान बत्ती बाल्नको लागि मात्र हो र ब्याट्री अनिवार्य छ । साथै, अहिलेसम्म पनि आमजनमानसमा त्यही छाप छ । अन्तरिक्षका स्याटलाइटमा अहिले पनि सौर्य ऊर्जा नै प्रयोग हुन्छ र पछिल्ला दिनहरूमा उड्ने जहाज र पानीजहाजहरूमा परीक्षण, अनुसन्धान र विकास भइरहेको छ । व्यापारिकरूपमा सफलता हासिल गर्न केही समय अवश्य लाग्ला ।

दिग्गज ऊर्जाविद्हरू पेट्रोलियम पदार्थको खपत शून्यको नजिक ल्याउने उद्देश्यका साथ संसारभर कसरत गरिरहेका छन् । हामी किलोवाटको कुरा गर्छौं, संसार गिगावाट स्केलमा सौर्य विद्युत उत्पादन गरिरहेको छ । किनकि, यो स्थापना छिटो हुन्छ । सौर्य ऊर्जा बैकल्पिक होइन भन्ने केही जिवन्त उदाहरणहरूको चर्चा गरौं ।

यहाँ हामी फोटो भल्टाइक (पिभी) प्रणालीको मात्र चर्चा गर्छौं; तापीय (थर्मल) प्रणालीको होइन । सौर्य ऊर्जाका उपयोगीता बहुआयामिक र व्यापक छन् ।

सन् २०१८ भित्र सम्पन्न भएका १० ठूला सौर्य परियोजनाहरू :

टेङ्गर डेजर्ट सोलार पार्क: यो परियोजना डिसेम्बर, सन् २०२१ सम्ममा विश्वको छैटौं ठूलो फोटो भोल्टेक (पिभी) प्लान्ट हो । यो चीनको निङ्जियाको झोङ्वेईमा अवस्थित छ । यसले ४३ वर्गकिमि क्षेत्रफल ओगटेको छ । २०१८ मा यो सबैभन्दा ठूलो शिखर पावर क्षमता भएको सौर्य पार्क थियो । १,५४७ मेगावाटको प्लान्ट चाइना नेशनल ग्रिड र झोङवेई पावर सप्लाई कम्पनीको स्वामित्वमा रहेको छ ।

सन् २०१२ मा निर्माण सुरु भई सन् २०१७ मा पावर प्लान्ट सञ्चालनमा आएको थियो । परियोजनाका विकासकर्ताहरूले टियान्यून न्यू इनर्जी टेक्नोलोजी, बेइजिङ जिङग्युन्टङ टेक्नोलोजी, निङ्जिया छिङयाङ न्यू इनर्जी, छिङहाइ न्यू इनर्जी, र झोङवेई यिनयाङ न्यू इनर्जी समावेश गरेका थिए । सोलार पार्कले ६००,००० भन्दा बढी घरहरूमा हरित ऊर्जा आपूर्ति गर्दछ।

स्वेहान पावर प्रोजेक्ट :  अबुधाबी, युएईमा रहेको १,१७७ मेगावाटकाे सोलार फोटो भोल्टेक (पिभी) परियोजना हो । यो विश्वको सबैभन्दा ठूलो फोटो भोल्टाइक (पिभी) प्लान्टमध्ये एक हो । अबुधाबी वाटर एण्ड ईलेक्ट्रिकिसिटी अथोरटी ( एडब्ल्युईईए), मरुबेनी, जिन्को सोलार (चाइनिज सौर्यपाता निर्माण कम्पनी) सँग मिलेर, मार्च सन् २०१७ मा फोटो भोल्टाईक (पिभी) परियोजना बिओओ मोडालिटीमा विकास गर्न स्वेहान सोलार होल्डिङ कम्पनी नामक एक संयुक्त उद्यम (जेभी) स्थापना गर्यो ।

जसमा अबुधाबी वाटर एण्ड ईलेक्ट्रिकिटी अथोरटी (एडब्ल्युईईए) ले (जेभी) मा ६०% हिस्सा बाँकी ४०% मरुबेनी,जिन्को सोलारको सेयर छ । सोलार पीभी प्लान्टको निर्माण मई २०१७ मा सुरु भइ अप्रिल २०१९ मा व्यावसायिक सञ्चालन सुरु भएकाे थियो । प्लान्टले करिब १९५,००० घरको आवश्यकता पूरा गर्न पर्याप्त रहेकाे उल्लेख छ ।

निङसिया सोलार पार्क : चीनको निङसियामा अवस्थित यान्ची निङसिया सोलार पार्कको स्थापना क्षमता १,००० मेगावाट/एक गिगावाट छ । सेप्टेम्बरमा सन् २०१६ स्थापना गरिएको प्लान्टलाई विश्वको सबैभन्दा ठूलो निरन्तर सौर्य फोटो भोल्टाईक (पिभी) एरेको रूपमा चिनिन्छ ।

दातोङ सोलर परियोजना : शान्सी प्रान्तमा रहेको यो परियोजना चीनको तेस्रो ठूलो सौर्य केन्द्र हो । यो यस क्षेत्रमा सौर्य परियोजनाहरू विकास गर्ने देशको राष्ट्रिय ऊर्जा प्रशासनको योजनाको हिस्सा हो । सन् २०१६ मा आयोजनाको पहिलो चरणको काम सकिएपछि हाल यसकाे क्षमता १.१ गिगावाट पुर्याइएकाे छ । यो परियोजनाको थप विशेषता हाे, एरिएल भ्यूबाट २ वटा पन्डाको आकृतिमा सोलार एरेहरू राखिनु ।

कुर्नूल सोलार पार्क : याे पार्कले भारतको आन्ध्र प्रदेशको कुर्नूल जिल्लामा ५,६८३.२२ एकड (२२.९९ वर्गकिमि) क्षेत्र ओगटेको छ।१,००० मेगावाट कूल उत्पादन क्षमता भएको सोलार पार्क करिब १ अर्ब डलरको लगानीमा निर्माण गरिएको हो । आयोजना एसबिजी क्लिनटेक प्रोजेक्ट (३५० मेगावाट), ग्रीनको ग्रुप (५०० मेगावाट), अजुर पावर (१०० मेगावाट) र प्रयातना डेभलपर्स (५० मेगावाट) ले कार्यान्वयन गरेका थिए । यस पार्कमा ४० लाखभन्दा बढी सौर्य प्यानलहरू जडान गरिएका छन् । यस परियोजनाले घमाइला दिनहरूमा ८० लाख युनिटभन्दा बढी बिजुली उत्पादन गर्दछ, जुन कुर्नूल जिल्लाको लगभग सम्पूर्ण बिजुलीको माग पूरा गर्न पर्याप्त छ।

लङ्गयाङ्ग सियायुगल सौर्य पार्क : यो पार्कको क्षमता ८५० मेगावाट छ । यो साइट उत्तरपश्चिमी चीनको चिङ्गाइ प्रान्तको तिब्बती पठारमा अवस्थित छ । यो प्लान्ट लगभग ४० लाख सौर्य प्यानलहरू जडान गरिएको छ र स्टेट पावर इन्भेस्टमेन्ट कर्पोरेसनद्वारा सञ्चालित छ । यो प्लान्टको पहिलो चरणकाे काम २०१३ मा सम्पन्न भएको थियो भने दोस्रो चरणकाे काम सन् २०१५ मा सम्पन्न भएको थियो । कूल ६ अर्ब युआन (९२०.८४ मिलियन अमेरिकी डलर) लागत रहेकाे याे आयोजना ह्वाङ्हे हाइड्रो पावर डेभलपमेन्टले विकास गरेको थियाे र यो १,२८० मेगावाटको लोङ्ग्याङ्जिया जलविद्युत केन्द्रसँग एकीकृत छ ।

स्मरण रहोस्, हामी सौर्य उर्जालाई वैकल्पिक उर्जाको संज्ञा दिँदै उपेक्षा गरिरहेकाछौं । हाम्रै छिमेकी चिनमा भने फोटो भोल्टाईक (पिभी) र जलविद्युतको युगल पावर प्लान्ट निर्माण गरिएकाे छ । यसले विविध नवीकरणीय ऊर्जा र जलविद्युतलाई जोड्ने भविष्यको हाइब्रिड प्रणालीको लागि जवलन्त उदाहरण प्रस्तुत गर्दछ।

इनेल विलानुयभा पिभी प्लाण्ट : मेक्सिकोको कोआविला राज्यमा अवस्थित फोटो भोल्टेक (पिभी) परियोजनाले मेक्सिकोको अर्ध-सुक्खा क्षेत्रमा २,४०० हेक्टर जमिनमा स्थापित प्लान्टमा २५ लाखभन्दा बढी सौर्य प्यानलहरू जडान गरेकाे छ । ८२८ मेगावाटको पावर प्लान्ट सन् २०१८ को सेप्टेम्बरमा पूर्ण रूपमा सञ्चालनमा आएको थियो र प्रतिवर्ष २,००० गिगावाट भन्दा बढी उत्पादन गर्ने क्षमता रहेको छ । सुरुमा ७५४ मेगावाट लक्ष्य लिइएको भए पनि पछि १०% वृद्धि गरी बिक्री सम्झौता गरेर ८२८ मेगावाट पुर्याइएको थियो ।

कामुथी सौर्य ऊर्जा परियोजना : याे भारतको तमिलनाडु राज्यको मदुराईबाट ९० किलोमिटर टाढा, रामनाथपुरम जिल्लामा २,५०० एकड (१० बर्गकिमि) क्षेत्रफलमा फैलिएको फोटो भोल्टिक पावर स्टेशन हो । एकल स्थानमा ६४८ मेगावाट स्थापना गरिएको यो परियोजना क्षमताको आधारमा बिश्वको ठूला सौर्य परियोजना मध्ये १२औं स्थानमा पर्दछ ।

स्टार प्रोजेक्ट्स सोलर : क्यालीफोर्निया संयुक्त राज्य अमेरिकाको दुई फरक फरक ठाउमा स्थापना गरेर ५७९ मेगावाट हुन पुगेको फोटो भोल्टेक (पिभी) पावर स्टेशन सन् २०१५ मा सम्पन्न हुँदा, यो स्थापित क्षमताको हिसाबले विश्वको सबैभन्दा ठूलो सौर्य फार्म थियो । जुन १७ लाख सोलर प्यानलहरू प्रयोग गरी अमेरिकन कम्पनी सन पावरले बनाएको हो र ३२०० एकड (१३ वर्गकिमि) जमिनमा फैलिएको छ।

टोपाज सोलार फार्म : क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकामा रहेको ५५० मेगावाट फोटो भोल्टेक (पिभी) पावर स्टेसन हो ।परियोजनाको निर्माण नोभेम्बर सन् २०११ मा सुरु भयो र नोभेम्बर २०१४ मा समाप्त भयो । यो विश्वको सबैभन्दा ठूलो सौर्य फार्महरू मध्ये एक हो । २.५ बिलियन डलरको परियोजनामा अमेरिकी कम्पनी फर्स्ट सोलारद्वारा निर्मित थिन-फिल्म प्रविधिमा आधारित ९० लाख फोटो भोल्टेक प्यानलहरू समावेश छन् ।

पछिल्ला गिगावाट स्केलका ५ सौर्य परियोजनाहरू :

भाडला सोलार पार्क : २.२५ गिगावाट (२५५० मेगावाट)  कूल क्षमताको जोधपुर जिल्ला, राजस्थान, भारतमा अवस्थित कूल ५,७०० हेक्टर (१४,००० एकड) क्षेत्रफलमा फैलिएको याे सन् २०२१ सम्म  विश्वको सबैभन्दा ठूलो सौर्य परियोजना हो ।

ह्वाङ्गे हाइड्रो पावर हाइनान सोलार : यसलाइ गोलमुड सोलार पार्क भनेर पनि चिनिन्छ । २.२ गिगावाट (२२०० मेगावाट) सोलार फार्म चीनको छिङहाई प्रान्तको सुक्खा हावापानी क्षेत्रमा पर्दछ । हु अङ्गे हाइड्रो पावर विकासले चीनको उत्तर पश्चिममा २.२ गिगावाट (२२०० मेगावाट)  सौर्य ऊर्जा परियोजना निर्माण गरेको छ। भारतको भाडला सोलार पार्क भन्दा ३५० मेगावाटमात्र सानो याे प्रोजेक्ट सोलरको स्टोरेज मोडलमा निर्माण गरिएकाे छ ।

पावागडा सोलार पार्क : कर्नाटकको तुमकुर जिल्लाको पावागडा तालुकमा रहेको ५३ वर्ग किलोमिटर (१३,००० एकड) क्षेत्रफलमा फैलिएको सोलार पार्क हो,जसलाई शक्तिस्थला पनि भनिन्छ । सन् २०१९ मा सम्पन्न भएको पार्कको क्षमता २.०५ गिगावाट (२,०५० मेगावाट) छ । अप्रिल, सन् २०२१ सम्म, यो राजस्थानको २.२५ गिगावाट मेगावाटको भाडला सोलार पार्क र चीनको ह्वाङ्गे हाइड्रो पावर हाइनान सोलार पार्क २.२ गिगावाट पछि विश्वको तेस्रो ठूलो फोटो भोल्टेक सोलार पार्क हो ।

बेनबन सोलार पार्क : ईजिप्टमा पर्ने यो परियोजनाको कूल क्षमता १.६५ गिगावाट (१६५० मेगावाट) छ । यो लगभग ६५० किमी कायरोको दक्षिण र ४० किमी असवानको उत्तरपश्चिममा अवस्थित यो परीयोजना विश्वको चौथो ठूलो सौर्य ऊर्जा प्लान्टमा पर्छ ।

टेङ्गर डेजर्ट सोलार पार्क : पाचौं स्थानमा पर्ने टेङ्गर सोलार पार्कको चर्चा माथि नै गरिसकिएको छ । जहाँ जे स्राेत प्रचुर छ, त्यो प्रयोग गर्दा हामी हार्दैनौं । सौर्य उर्जा होस् वा जलविद्युत, उपकरण जोड्नैपर्छ, पानीमा तार चोबलेर जलविद्युत उत्पादन हुने होइन । छतको जस्ता पाताले पनि विद्युत बन्ने होइन । उपकरण र इन्जिनियरिङ दुवैलाई आवश्यक छ, दुवै स्राेत नि:शुल्क हुन, अनि के को टाउको दुखाई ?

बरु नेपालमा सौर्य पाताको फ्याक्ट्री स्थापना गर्दै अनुसन्धान र विकास गर्दै शतप्रतिशत घरधुरीलाई विद्युत महशुल न्यून गर्दै नि:शुल्क गर्ने, त्यही धुरीबाट उत्पादित विद्युतले आन्तरिक आवश्यकता पूरा गर्ने र ठूलाठूला जलाशयबाट उत्पादित बिजुली सिधै अन्तर्राष्ट्रियबजारमा निश्चित वर्ष करार गरेर बिक्री गर्न सकेमा नेपालर नेपाली अवश्य समृद्ध हुनेछन् । अरू सबै विकास अलमल्याउने गफ हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit