विद्युत अपडेट

  • प्राधिकरण : ७१४३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३८२८५ मे.वा.घन्टा
  • आयात : २५० मे.वा.घन्टा
  • निर्यात : १४३६० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५८८२७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २५५२ मे.वा.
२०८२ असार २८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

निङ्बो (चीन) । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ऊर्जा सुरक्षाका लागि क्षेत्रीय नवप्रवर्तनात्मक सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गरेका छन् । चीनको जेझियाङ प्रान्तस्थित निङ्बो सहरमा 'इन्टिग्रेट इनोभेसन फर इनर्जी फ्युचर' भन्ने मूल नारासहित आयोजित शाङ्हाइ सहयोग संगठन (एससिओ) को पाँचौँ ऊर्जा मन्त्रीस्तरीय बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले एससिओ सदस्य राष्ट्रहरूबीच ऊर्जा विकास, ग्रिड कनेक्टिभिटी, नवप्रवर्तन, ऊर्जा सुरक्षाको प्रवर्द्धन र क्षेत्रीय सहकार्यलाई सुदृढ गर्नुपर्नेमा बल दिए । ऊर्जा अब व्यापारको विषय मात्र नभई दिगो विकास र साझा समृद्धिको आधार बन्न पुगेको भन्दै उनले एससिओ क्षेत्रलाई साझेदारी र नवप्रवर्तनमार्फत ऊर्जा स्वतन्त्रताको यात्रामा अघि बढाउनु आवश्यक रहेको उल्लेख गरे । 

नेपालको ऊर्जा योजनाबारे जानकारी दिँदै मन्त्री खड्काले भने, ‘नेपालले सन् २०३५ सम्ममा २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ, जसमा १५,००० मेगावाट निर्यात गरिनेछ ।’ हाल नेपालमा ३ हजार ६ सय मेगावाटभन्दा बढी विद्युत उत्पादन भइसकेको र सरकारको योजना निकट भविष्यमै यो दोब्बर बनाउने रहेको उनले स्पष्ट पारे । 

उनले भारतसँग विद्युत व्यापार सुरु भइसकेको, भारतको ग्रिड प्रयोग गरी पहिलोपटक बङ्गलादेशमा विद्युत निर्यात गरिएको र यसलाई त्रिपक्षीय ऊर्जा सहकार्यको ऐतिहासिक उपलब्धिको रूपमा लिनुपर्ने बताए । 

एससिओ क्षेत्रमा अवस्थित विशाल जनसंख्या, ऊर्जा स्रोत र सम्भावनालाई दृष्टिगत गर्दै उनले नवप्रवर्तन, लगानी प्रवर्द्धन, ऊर्जा व्यापारका लागि क्षेत्रीय संरचना निर्माण तथा आपसी सहकार्यलाई थप मजबुत बनाउनु अपरिहार्य रहेको धारणा राखे ।

नेपाल एससिओको संवाद साझेदार राष्ट्रको रूपमा ऊर्जा क्षेत्रमा निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्दै उनले भने, ‘ऊर्जा क्षेत्र समावेशी, दिगो र सहकार्यमा आधारित हुनुपर्छ, र नेपाल यस यात्रामा अग्रसर छ।’

बैठकमा एससिओ सदस्य राष्ट्रका ऊर्जा मन्त्रीहरू, उच्च प्रतिनिधिहरू तथा प्राविधिक विज्ञहरूको सक्रिय सहभागिता रहेको थियो । बैठकले क्षेत्रीय ऊर्जा सहकार्य, प्रविधि, पूर्वाधार तथा व्यापारको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३