विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

परिचय / पृष्ठभूमि

देशका नदी तथा खोलाहरूबाट बिजुली उत्पादन हुने प्रचुर  सम्भावना छ । अहिलेसम्म देशकाे जलविद्युत् जडित क्षमता १३३२.८५८  मेगावाट पुगेकाे छ (NEA, २०२०) । Integrated Power System  मा बेस लोड र पिक लोडका लागि ऊर्जा उत्पादन गर्ने प्लान्टहरू हुनुपर्दछ । नेपालमा जडित बिजुली धेरैजसो नदीको प्रहाबमा आधारित छन् । जसले गर्दा  बर्खामा पानीको मात्रा बढ्ने र विद्युत् उत्पादन पनि उच्च हुने तर हिउदमा पानी घट्ने हुँदा उत्पादन न्यून हुने गर्दछ ।

यसले गर्दा नेपालको सन्दर्भमा माग  र आपूर्तिबीच सन्तुलन कायम राख्न अप्ठ्यारो परेको छ। माग र आपूर्तिबीचको सन्तुलन कायम राख्न नेपालमा पर्याप्त मात्रामा जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणमा जोड दिनुपर्ने आश्यकता देखिन्छ । सरकारले आरअाेआर, पिआरअाेआर (ROR, PROR) जलाशय र सौर्य (NEA २०२०) लगायतका सबै प्रकृतिका आयोजनाहरूको विकास गरी प्रणालीको अप्टिमाइजेसन गर्ने निर्णय गरेको छ। ऊर्जाका अन्य स्रोतमध्ये  जलाशययुक्त आयोजना सबैभन्दा बढी प्रणाली अनुकूल देखिन्छ ।

देशको वार्षिक उच्च माग आर्थिक वर्ष २०१९/२०२० मा १४०८  मेगावाट थियो भने प्रणालीमा कूल आपूर्ति ७८९४.४७ GWhr (NEA, २०२०) थियो । विद्युत् प्राधिकरणको आफ्नै उत्पादन ३९.०२% , भारत र स्थानीय आईपीपीहरूको आयात क्रमशः २२.३२% र ३८.६४% छ (NEA, २०२०) ।

भारतबाट आर्थिक वर्ष २०१९/२०२० मा कूल ऊर्जा आयात १७२०.६ GWhr (NEA, २०२०) भएको थियो । प्रणालीमा रहेको असन्तुलित ऊर्जाका कारण जलाशय आयोजना आवश्यक छ । तसर्थ, उच्च लोडको सन्तुलन मिलाउन जलाशय आयोजनाहरूको विकास गर्न आवश्यक छ । नेपालमा जलाशय जलविद्युत् आयोजनाको विकासको सम्भावना देखिन्छ । नेपालको प्राविधिक क्षमताको लगभग आधा २०४९८ मेगावाट जलाशय आयोजनाबाट उत्पादन हुने देखिन्छ ।

देशमा सम्भावित जलाशय आयोजनाहरूमध्ये ६४ वटाको पहिचान भइसकेको छ । तीमध्ये आँधीखोला, दूधकोशी र उत्तरगंगाकाे अध्ययन विद्युत प्राधिकरणले गरिरहेको छ । तमोरको अध्ययन हाल लगानी बोर्डले गरिरहेको छ भने नलसिंगाडकाे अध्ययन उत्पादन कम्पनी र बूढीगण्डकीको अध्ययन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरिरहेको छ । सुनकोसी-२ , सुनकोसी-३, मुगु कर्णाली, जगदुल्ला, र अन्य जलाशय आयोजनाहरू अध्ययनको प्रारम्भिक चरणमा छन् ।

समस्याको बयान

नेपालमा जलबिधुत उत्पादनको प्रचुर सम्भावना रहेता पनि हालसम्म उत्पादित क्षयमता जम्मा १२७८.०९८ मेगावाट रहेको छ । नेपालमा धेरै जसो बिधुत गृहहरु नदिको प्रबाहमा आधारित छन् । यसले बर्खायाममा उच्च उत्पादन र सुख्खा याममा न्युन उत्पादन गर्दछ जसले गर्दा नेपालको Integrated Power System मा असन्तुलन देखिएको छ । जलाशय आयोजनको विकासले यस समस्याको समाधान गर्न सक्छ ।

नेपाल सरकारले हाल आठ जलाशय आयोजनाहरूको अध्ययन गरिरहेको छ । यी प्रत्येक आयोजनाहरूको निर्माण लागत धेरै महँगो पर्दछ । त्यसैले, सबै जलाशय आयोजनाहरूको निर्माण एकैचोटी सुरु गर्न सम्भव छैन । यस अवस्थामा आयोजनाहरूको प्राथमिकरण स्थापना गर्नु उचित देखिन्छ ।

अध्ययन विधि

यस अध्ययनमा प्रयोग गरिएको विधि AHP हो । यसले जलाशययुक्त जलविद्युत आयोजनाहरूलाई असर गर्ने धेरै मापदण्डहरूमाथि विचार गर्दछ । अध्ययनमा प्रयोग भएको सफ्टवेयर Super Decision Analysis हो । परिणाम नेपालमा सबै जलाशय आयोजनाहरू वर्तमान अवस्थामा अध्ययनकै चरणमा रहेको देखिन्छ।

बूढीगण्डकी एकमात्र आयोजना हो जसले आफ्नो डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) पूरा गरेको छ। दूधकोसी र नालसिंहगाड हालसम्म पनि डिपिआरकै चरणमा छन् । उत्तरगंगा र तमोरले सम्भाव्यता अध्ययन पूरा गरिसकेका छन् । आँधीखोला अझै सम्भाव्यता अध्ययनकै चरणमा छन् । तमोर एकमात्र यस्ताे आयोजना हो जसको इजाजतपत्र नभइकन आफ्नो सम्भाव्यता अध्ययन पूरा गरिसकेको छ । नलसिंहगाडबाहेक कुनै आयोजनाले पनि हालसम्म लगानीकर्ता जुटाउन सकेका छैनन् । यी सबै जलाशय आयोजनाबाट बिजुली उत्पादन गरी उपयोग गर्न नेपालीले एक दशक भन्दा बढी पर्खनुपर्दछ ।

अध्ययनको निष्कर्ष अनुसार पहिला नालसिंहगाड, दोस्रो दूधकोसी, तेस्रो उत्तरगंगा, चौथो तमोर, पाँचाैं बूढीगण्डकी र अन्तिममा  आँधीखोला निर्माण गर्न उपयुक्त देखिन्छ। दूधकोसी प्राविधिक र वातावरणीय कारकहरूमा पहिलो छ भने  नलसिंहगाड वित्तीय कारक, नीति र राजनीतिक कारक र  अनिश्चितताहरूको कारकमा पहिलो देखिन्छ । अध्ययनअन्तर्गत जलाशयको प्राथमिकरण कारकको तौल परिवर्तन गर्दा पनि आयोजनाहरूको प्रथामिकरणमा खास कुनै परिवर्तन देखिएन।

 

[email protected]

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३