विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २१, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । जलविद्युत आयोजनाहरूले समुदायमा विस्थापन, जीविकोपार्जनमा ह्रास, जल तथा चराहरूको बासस्थानमा क्षति जस्ता नकारात्मक असरहरू पार्न सक्दछन् Ι यसका साथै, जलविद्युत आयोजनाले सामाजिक,आर्थिक,वातावरण, तथा पर्यावरणमा समेत उल्लेखनीय असर गर्दछ Ι

१. पृष्ठभूमि

जलविद्युत आयोजनाहरूबाट पर्ने असरमा मितव्ययिता अपनाउनु आवश्यक छ Ι परम्परावादी क्षतिपूर्तिको माध्यमले मात्र  समुदायामा मितव्ययिता कार्यान्वयन हुन सक्दैन । त्यसैले, दिगो मितव्ययिताका लागि आयोजनाहरूबाट हुने लाभांशको प्रभावित क्षेत्रमा वितरण अनिवार्य छ Ι

२. लाभंश वितरणका माध्यम

संसारमै जलविद्युत आयोजनाहरूबाट सरोकारवालाले लिन सक्ने एकिन भएका लाभांशहरू निम्नानुसार छन् :

२.१. आम्दानीको बाँडफाँड

विद्युत ऐन २०४९ अनुसार सरकारले निम्नानुसार रोयल्टी संकलन गर्दछ Ι

१५ वर्षसम्म

१५ वर्षपछि

प्रतिमेगावाट क्षमता अनुसार वार्षिक रोयल्टी

प्रतिमेगावाट उर्जाको रोयल्टी

प्रतिमेगावाट क्षमता अनुसार वार्षिक रोयल्टी

प्रतिमेगावाट उर्जाको रोयल्टी

रु १००

२.००%

रु १०००

१०.००%

 चित्र १ : रोयल्टीको संकलन

 

रोयल्टी बाँडफाँड

केन्द्रीय सरकार

 आयजोना अवस्थित प्रदेशका जिल्लाहरू

आयजोना अवस्थित जिल्लाहरू

जम्मा

५०.००%

३८.००%

१२.००%

 १००%

चित्र २ : रोयल्टी बाँडफाँड

२.२. आयोजनमा लगानी

संकलित रोयल्टी केन्द्रीय सरकार, आयजोना अवस्थित प्रदेशका जिल्लाहरू र  आयजोना अवस्थित जिल्लामा वितरण गरिन्छ ।

नेपालका जलविद्युत आयजोनाहरूमा प्रभावित क्षेत्रका बासिन्दालाई आयजोनामा लगानीको अवसर दिइएकाे छ Ι यस्तो व्यवस्थाले प्रभावित स्थानीयालाई प्रत्यक्ष आर्थिक लाभको अवसर प्रदान हुन्छ र भइरहेकाे छ Ι प्रभावित स्थानीयालाई सेयर दिने अभ्यास नेपालमा चिलिमे, माई, रिडी, अप्पर तामाकोसी, रसुवागढी जस्ता आयजोनाहरूले गरिसकेका छन् Ι आज त्यसकाे दायरा निकै फराकिलाे भइसकेकाे छ ।

२.३. माछापालन तथा सिँचाइ 

जलविद्युत आयजोनाहरूको निर्माण गर्दा बन्ने पोखोरीमा माछापालन गरी स्थानीय तहमा आय आर्जनमा वृद्धि गर्न सकिन्छ Ι यसका साथै, जलविद्युत आयजोनाहरूसँग लिंक गरी नयाँ सिँचाइका नहरहरू विकास गरी कृषियोग्य जमिनमा सिँचा प्रदान गर्न सकिन्छ Ι

२.४.तालिम तथा रोजगारी

जलविद्युत आयजोनाहरू निर्माणको चरणमा हुँदा ठूलो मात्रमा श्रमिकको आवश्यकता पर्दछ Ι आफूमा भएको ज्ञान र सीप अनुसार स्थानीय बासिन्दाले जलविद्युत आयजोनाहरूमा रोजगारी पाउन सक्दछन् Ι कुलेखानी १, २ र ३ तथा तामाकोसी जस्ता आयोजनहरू निर्माण हुँदा ठूलो मात्रमा स्थानीयले रोजगारीको अवसर पाइसकेका छन् Ι हातमा सीप नभएका श्रमिकहरूलाई पनि रोजगारीमा सहज होस् भनी नेपालका जलविद्युत आयजोनाहरूले Electrician, Plumbing, Driving तथा कृषि सम्बन्धी तालिमहरू प्रदान गरेका उदाहरण छन् Ι

२.५. समुदायमा पूर्वाधारको विकास

जलविद्युत आयजोनाहरूका निर्धारित सामाजिक उत्तरदायित्व हुने गर्दछन् Ι यसअन्तार्गत आयजोनाहरूले स्थानीय तहमा बाटो, अस्पताल, स्कूल, खानेपानी जस्ता परियोजनाहरूको निर्माण गर्दछन् Ι

२.६. ग्रामीण विद्युतीकरण

स्थानीयस्तरमा जलविद्युत आयाेजना निर्माण हुँदा स्थानीयबासी, आयाेजना प्रभावित तथा त्यस वरपरका समुदायले विद्युत उपभाेग गर्न पाउँछन् । यसबाट उनीहरूकाे जीवनस्तरमा पनि अपेक्षाकृत सुधार हुन सक्छ ।

३. निष्कर्ष

नेपालमा कुनै पनि जलविद्युत आयजोनाहरू विकास गर्न खोज्दा स्थानीयबाट सहयोगको सट्टा उल्टो अवरोध भएको पाइन्छ Ι जलविद्युतले नकारात्मक प्रभावमात्र गर्दैनन् Ι स्थानीय तहमा रोजगारी, पूर्वाधारको विकास, आयआर्जनमा वृद्धि, लगानीको अवसर तथा स्थानीय तहमा रोयल्टी भित्रिने हुँदा आयजोनाहरूबाट हुने नकारात्मक प्रभावमा मितव्ययिता अपनाउँदै आयजोनाको लाभांश वितरणमा सरिक हुनु बुद्धिमत्ता हुन्छ Ι

(कैनी, नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक हुन्)

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३