विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । सबैभन्दा राम्रो हाइब्रिड उदाहरण (फ्लोटिङ होइन) हाल चीनमा अवस्थित छ, लङ्गयाङ्गसिया पावर प्लान्ट । यस सेटिङमा हाइब्रिड भनेको जलविद्युत र सौर्य ऊर्जा एउटै प्रणालीमा जोडिएको हो । परियोजना विकासको प्रारम्भिक चरणदेखि नै  विभिन्न अनुसन्धानरत संस्थाहरूले परियोजनाको पूरक सञ्चालन, समयतालिका र माग अनुकूल काम गरिरहेका छन् ।

दुर्भाग्यवश त्यस्ता हाइब्रिड परियोजनाहरू हुने प्रत्यक्ष लाभका यथेष्ट प्रमाणहरू हुँदाहुँदै पनि अरू त्यस्तै परीयोजनाहरू बन्न सकिरहेका छैनन् । हाल विकास भइरहेका जलविद्युत जलाशयहरूमा धेरैजसो व्यावसायिक परियोजनाहरू तथाकथित समाधानहरू हुन् । यसको मतलब, जलाशयमा फ्लोटिङ सोलार होस् या अलग्गै जमिनमा होस् लागू भए पनि दुवै ऊर्जा स्रोतहरू प्रत्येकको छुट्टाछुट्टै  खरिद सम्झौता हुन्छन् ।

यस्ताे साेलार पार्कको क्षमता ८५० मेगावाट छ, जुन उत्तरपश्चिमी चीनको चिङ्गाइ प्रान्तको तिब्बती पठारमा अवस्थित छ । यो प्लान्ट लगभग ४० लाख सौर्य प्यानलहरू जडान गरिएको छ र स्टेट पावर इन्भेष्टमेन्ट कर्पोरेशनद्वारा सञ्चालित छ ।

यो प्लान्टको पहिलो चरण सन् २०१३ मा सम्पन्न भएको थियो । जबकि, दोस्रो चरण २०१५ मा सम्पन्न भएको थियो । जसको कूल निर्माण लागत लगभग ६ अर्ब युआन (९२०.८४ मिलियन अमेरिकी डलर) थियो । यो आयोजना ह्वाङ्हे हाइड्रो पावर डेभलपमेन्टले विकास गरेको हो र यो १,२८० मेगावाटको लोङ्ग्याङ्जिया जलविद्युत केन्द्रसँग एकीकृत छ।

स्मरण रहोस्, हामी सौर्य ऊर्जालाई वैकल्पिक ऊर्जाको संज्ञा दिँदै उपेक्षा गरिरहेका छौं । हाम्रै छिमेकी चीनमा भने फोटो भाेल्टाइक (पिभी) र जलविद्युतको युगल पावर प्लान्ट विकास भइरहेका छन् । यसले, विविध नवीकरणीय ऊर्जा र जलविद्युतलाई जोड्ने भविष्यको हाइब्रिड प्रणालीहरूको लागि जवलन्त उदाहरण प्रस्तुत गर्दछ ।

सन् २०१३ काे डिसेम्बरमा केवल ९ महिनाको निर्माणपछि गोङ्गे पिभी सोलार पार्क सुरु भयो र पहेँलो नदी (एलो रिभर) नजिकैको लङ्गयाङ्गसिया जलविद्युत प्लान्ट मार्फत पावर ग्रिडमा जडान भयो । यो ठूलो मात्रामा सौर्य पिभी–हाइड्रो हाइब्रिड प्रणालीको पहिलो व्यावसायिक सञ्चालन हो ।

जलविद्युत स्टेशन मूल रूपमा सन् १९९२ मा उत्तर-पश्चिम पावर ग्रिडको लागि पहिलो लोड-पीकिङ र फ्रिक्वेन्सी नियमन पावर प्लान्टको रूपमा डिजाइन र सञ्चालन गरिएको थियो । यसले द्रुत-प्रतिक्रियावाला टर्बाइनहरू प्रयोग गर्दछ, जसले सौर्य पिभी पावरको आउटपुट कर्भलाई सहज बनाउँछ ।

क्लाउड कभर र दिनको समयको कारण सूर्यको प्रकाशमा प्राकृतिक उतार-चढावको कारणले गर्दा पावर कर्भलाई सहज बनाएर हाइब्रिड-कनेक्सनले ग्रिडमा राम्रो-गुणस्तर, सुरक्षित र भरपर्दो पावर उपलब्ध गराउन मद्दत गर्छ। । लङ्गयाङ्गसिया सौर्य-हाइब्रिड पावर स्टेशन चीनको सुक्खा उत्तर-पश्चिममा विशाल सौर्य स्रोतहरू भएको क्षेत्रमा अवस्थित छ ।

जलाशयले १२८० मेगावाटको पावर स्टेशनलाई समर्थन गर्दछ,  ४x३२० मेगावाट टर्बाइनहरू सहित । सन् १९९९ देखि पहेँलो नदी (एलो रिभर) को नियमनका लागि एक एकीकृत नीति अपनाइयो, याे नीति लङ्गयाङ्गसिया जलाशय यसको मुख्य तत्त्वकाे रूपमा रह्याे ।

पहेँलो नदीको माथिल्लो भागका मुख्य पहुँचमा पहिलो क्यास्केड परियोजनाहरूमध्ये एउटाले यसकाे नियन्त्रण गर्दछ । डाउन स्ट्रीम अर्थात् नदीको तल्लो तटका जलाशयहरूमा रिलिज गर्दछ । ती परियोजनाहरूलाई पानीको स्थिर र भरपर्दो आपूर्ति प्रदान गर्दछ ।

लङ्गयाङ्गसिया सौर्य पिभी प्लान्टको क्षमता ३२० मेगावाट छ र यसले ९ वर्ग किमी क्षेत्र ओगटेको छ । यो ३३० केभी प्रसारण लाइनका टर्बाइनहरूमध्ये एउटा टर्बाइन सिधा जोडिएको छ । संसारको सबैभन्दा ठूलो सौर्य पिभी स्टेशनमध्ये एकको रूपमा लङ्गयाङ्गसिया हाइड्रो टर्बाइनको सन्तुलन शक्तिबिना यसले ग्रिडको स्थिरताको लागि गम्भीर समस्या खडा गर्न सक्छ ।

सानो मात्रामा अन्तरिम शक्तिको प्रयोगले ग्रिड सञ्चालनमा थोरै प्रभाव पारेको भए तापनि चर शक्तिको ठूलो प्रवेशले ग्रिडको आवश्यकता अनुसार सञ्चालन गर्ने क्षमतालाई असर गर्न सक्छ । पहिले नै विश्वको सबैभन्दा ठूलो सौर्य पिभी पावर प्लान्टहरू मध्ये एक, सौर्य ऊर्जा प्लान्टको चरण २ को निर्माणले  ५३० मेगावाट थपेको छ ।

सौर्य पिभी प्लान्टको लागि लङ्गयाङ्गसियाको पाँचौं टर्बाइनको रूपमा काम गर्न प्रभावकारी रूपमा अनुमति दिँदै एक संयुक्त हाइड्रो/ सौर्य पिभी सञ्चालन नियन्त्रण प्रणालीको विकास गर्दै, जलविद्युत र सौर्य पिभी उत्पादनबीचको उतारचढावलाई समायोजन गर्दछ। ।

संक्षेपमा, सौर्य पिभी प्लान्टको सक्रिय पावर आउटपुट एक सहज र स्थिर आउटपुट कर्भ प्राप्त गर्न हाइड्रो पावर टर्बाइन प्रयोग गरेर समायोजन गरिन्छ । समग्रमा, यसले दुवै आयोजनाको दक्षता बढाउँछ र ग्रिडमा नै कम स्पिनिङ रिजर्भ क्षमता चाहिन्छ । यसले ग्रिडको दक्षता बढाउँछ ।

सोलार पार्क थप्दा जलविद्युत प्लान्टको सञ्चालन दक्षता पनि बढ्छ । छिङहाई प्रान्त सुख्खा छ र पानी एक दुर्लभ स्रोत हो । त्यसैले, लङ्गयाङ्गसिया जलाशयले मात्र सावधानी पूर्वक पानी व्यववस्थापन गर्दछ । सोलार आयोजना थपिएपछि जलविद्युत केन्द्रले आफ्नो वार्षिक क्षमता उपयोग र आर्थिक दक्षता बढाउन सक्षम भएको छ ।

किफायती नवीकरणीय ऊर्जा

सौर्य ऊर्जालाई नवीकरणीय विद्युतीय ऊर्जाको लागि विश्वको बढ्दो मागलाई पूरा गर्ने बहुआयामिक र आशालाग्दो स्राेतको रूपमा अब्बल हुँदै आएको छ । हाइब्रिड पावर प्लान्टमा सौर्य र जलविद्युतको संयोजनले दिउसोको सूर्यको प्रकाश र वर्षभरिको विविध मौसममा हुने उत्पादनको उतारचढावलाई सहज बनाउन सक्छ ।

हालैका वर्षहरूमा सौर्य ऊर्जा उपकरणको लागत नाटकीय रूपमा घटेको छ। फलस्वरूप, सौर्य ऊर्जा अहिले संसारको सबैभन्दा सस्तो ऊर्जा स्रोतहरू मध्ये एक हुन गएकाे छ । धेरै ठाउँहरूमा कोइला र ग्यास जस्ता परम्परागत प्रविधिहरूसँग प्रतिस्पर्धा गर्न सक्षम छ ।

एकातर्फ सौर्य ऊर्जा छोटो समयमा सम्पन्न गर्न सकिने परियोजना हो भने अर्कोतर्फ यसले जलायशयमा पानीको बचत पनि गर्दछ। सौर्य ऊर्जालाई बिजुली उत्पादन गर्न दिनको उज्यालो चाहिन्छ र जलविद्युतलाई वर्षा चाहिन्छ ।

झरी परेको दिनमा सामान्यतया थोरै घमाइलो हुन्छ र खडेरीको समयमा थोरै पानी हुन्छ । यसको मतलब दुई ऊर्जा स्रोतहरूले एकअर्काको पूरककाे रूपमा काम गर्न सक्छन् ।दिउसो र विविध खालको मौसममको उतारचढावलाई अनुकूलन गर्न सक्छन् । 

माथिका उदाहरणहरू त ठूला परियोजना भए । जलवायू परिवर्तनले नदीको आकार मात्र होइन, पानीको बहाब नै घट्दैछ । कैयौं माइक्रो हाइड्रोहररू र स-साना जलविद्युत आयोजनाहरू अब ठप्पै गर्नुपर्ने अवस्था आइसकेकाे छ।

बाँध संरचनालाई परिमार्जन गर्न सके राम्रो नत्र केही घण्टाका लागि लिथियम आईरन फस्फेट ब्याट्रीमा सन्चित गरी सबैजलबिध्युत परियोजनाहरुलाई पुनर्जीवन दिन सकिने प्रविधि व्यापक भइसकेको छ । स्मरण रहोस्, ब्याट्रीमा सञ्चय गर्ने प्रविधि ५०० किलोवाटभन्दा माथि ३० मेगावाट भित्रका जलविद्युत परियोजनामा अहिलेसम्म सम्भव र सफल प्रयोग भइसकेको छ।

तर, हाइब्रिडाइजेसनका प्राविधिक पक्षहरू मात्र सफलताका मापदण्ड होइनन् । देशको कानुनी प्रणाली र विद्यमान जलविद्युतलाई सञ्चालन गर्ने कानुनी व्यवस्थाले ठूलो भूमिका खेल्छ । पानी पञ्च तत्त्वमध्ये एक महत्त्वपूर्ण एवम् बहुआयामिक सम्पदा हो ।

जल र जलविद्युतलाई उचितरूपमा व्यवस्थापन गर्न सके मात्र हामी आफू कुस्तीमा माथि पार्दै अरूलाई चाहेको अवस्थामा थिच्न सक्छौं । नत्र सुनको कचौरा लिँदै आजीवन मगन्तेको ट्याग भिर्ने र भिराउने, मीठा-मीठा सपना देख्ने देखाउने, रुखो सुखो जीवन बिताउने जुनी कटाउने मात्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३