विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ३ वटा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । केन्द्रले इन्जिनिर (तह ७), वरिष्ठ लेखा सहायक (तह ५) र प्रशासन सहायक (तह ४) पदका लागि इच्छुक तथा योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको हो ।

इन्जिनियर पदमा खुला र अन्य दुई पदमा महिला कोटाबाट प्रतिस्पर्धा गराई स्थायी पदपूर्ति गरिने केन्द्रले सूचनामार्फत जानकारी गराइएको छ । त्यस्तै, इन्जिनियर पदका लागि वातावरण इन्जिनियरिङ वा इलेक्ट्रिकल इन्जिनियरिङ वा इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन इन्जिनियरिङ वा कृषि इन्जिनियरिङ विषयमा कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

यसैगरी, लेखा सहायक पदमा दरखास्त दिन मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने तथा प्रशासन सहायकका लागि कुनै विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुर्ने योग्यता निर्धारण गरिएको छ । 

२१ वर्ष उमेर पूरा गरी ३५ वर्ष ननाघेको नेपाली पुरुष तथा ४० वर्ष ननाघेको महिलाले उम्मेद्वारले २१ दिनभित्र दरखास्त दिन सक्ने केन्द्रले शुक्रबार जारी गरेकाे सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३