विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १४, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । एम.ए. पावर प्रालिले ९० मेगावाट क्षमताको मर्स्याङ्दी नदी आंशिक जलाशय (पिआरओआर) जलविद्युत् आयोजना विकास गर्ने भएको छ । यसका लागि उत्पादन अनुमति पत्रको माग गर्दै कम्पनीले आवेदन दिएको विद्युत् विकास विभागले जानकारी दिएको छ ।

कम्पनीले तनहुँको बन्दीपुर गाउँपालिका तथा भानु नगरपालिका, लमजुङको राइनास नगरपालिका र गोरखाको पालुङटार नगरपालिकामा आयोजनाका मुख्य संरचनाहरू निर्माण गर्ने योजना बनाएको जनाइएको छ ।

विभागको सूचना अनुसार आयोजना अन्तर्गत पानी फर्काउन नदीमा १५ मिटर चौडाइ, ५.७० मिटर उचाइ तथा ७४ मिटर उचाइको ब्यारेज निर्माण गरिने छ । नदीको बहाव व्यवस्थापनका लागि चारवटा बे–गेट राखिने छ । बालुवा थिगार्न चारवटा कोठा भएको पोखरीको प्रस्ताव गरिएको छ । पोखरीको कुल लम्बाई १५० मिटर, चौडाइ १९ मिटर उचाइ ८.७० मिटर रहने छ । 

आयोजनामा करिब ११.१ किलोमिटर लामो, ५.६ मिटर व्यासको कङ्क्रिट लाइनिङ गरिएको सुरुङ (हेडरेस टनेल) निर्माण हुनेछ । अपसर्ज, डाउनसर्ज तथा वाटर ह्यामर नियन्त्रणका लागि सर्ज साप्ट तथा जंक्सन साप्ट पनि रहनेछन्, जसको उचाइ करिब ६० मिटर प्रस्ताव गरिएको छ । 

नदीको दायाँ किनारमा सतही विद्युत् निर्माण गरिनेछ, जसको लम्बाइ करिब ९१.६ मिटर, चौडाइ ३४.५ मिटर र उचाइ ४५.८ मिटर रहने छ । विद्युत्‌गृहबाट निस्कने पानी टेलरेस पाइपमार्फत पुनः नदीमै मिसाइने छ ।

आयोजनाबाट वार्षिक सरदर ५४८.९५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ । उक्त विद्युत् करिब ११.६ किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सबस्टेसनबाट राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिने योजना छ ।

आयोजना सन् २०८६ वैशाखभित्र सञ्चालनमा ल्याउने लक्ष्य कम्पनीले राखेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३