विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशका विभिन्न ठाउँमा जलविद्युत आयोजनाहरू निर्माण गरी सञ्चालनमा ल्याएका ५ जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् । ती कम्पनीहरूले बिक्री तथा निष्कासनका लागि माग गरेको सेयरको परिमाण करिब १५ करोड कित्ता रहेको छ ।

कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार १४ करोड ८७ लाख ६ हजार ४ सय ३९ कित्ता हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिइएको छ । हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएका कम्पनीहरूमा अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेड, हिमाल दोलखा हाइड्रो पावर कम्पनी लिमिटेड, नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड, अरुण काबेली पावर लिमिटेड र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड छन् ।

ती मध्ये सबैभन्दा बढी अप्पर तामाकोसीले १ बराबर १ हकप्रद सेयर जारी गर्न लागेको छ; जसको परिमाण १० करोड ५९ लाख कित्ता हुन आउँछ । दोलखामा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको अप्पर तामाकोसीले हकप्रद सेयर निष्कासनका लागि गत फागुन १८ गते बोर्डमा आवेदन दिएको थियो । हाल चुक्त पुँजी १० अर्ब ५९ करोड रूपैयाँको १ः१ हकप्रद सेयर निष्कासन गर्ने विषय यसअघि नै सञ्चालक समितिबाट पारित गरिसकेको कम्पनीले बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।

हकप्रद सेयर निष्कासनपश्चात् संकलित पुँजी र माथिल्लो तामाकोसी जलविद्युत केन्द्रबाट भएको आम्दानीबाट २० मेगावाटको रोल्वालिङ, ९९ मेगावाटको माथिल्लो तामाकोसी–५ लगायत आयोजनामा लगानी गर्ने कम्पनीको योजना छ । हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड २०० रुपैयाँ हुनेछ ।

यसैगरी, हिमाल दोलखाले १ः०.७५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न गत पुस २६ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट अनुमति प्राप्त गरी १ अर्ब ६० करोेड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर निकाष्सन गर्न लागेको जनाएको छ । सेयर निष्कासन तथा बाँडफाँडका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । कम्पनीले इलामको इलाम नगरपालिकास्थित माई खोला (४.५ मेगावाट) र माई साना क्यासकेड (८ मेगावाट) निर्माण गरी सञ्चालन गरिरहेको छ ।

नेशनल हाइड्रोले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात १०.५ को आनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ । कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९ सय ७१ रुपैयाँ बराबरको ८२ लाख २१ हजार ४ सय ५९ कित्ता सेयर निष्कासन गर्न गत कातिक २२ गते आवेदन दिएको थियो । कम्पनीको सिन्धुपाल्चोकमा निर्माण गरेको ७.५ मेगावाटको इन्द्रावती–३ सञ्चालनमा छ । कम्पनीले भोजपुरमा सहायक कम्पनी मार्फत १४.१५ मेगावाटको तल्लो इर्खुवा पनि निर्माण गरिरहेको छ ।

यसैगरी, पाँचथर र ताप्लेजुङमा २४ मेगावाटको काबेली बी–१ निर्माण गरी सञ्चालनमा ल्याएको अरुण काबेली पावर लिमिटेडले १ः१ अनुपात (१ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता) मा हकप्रद सेयर निष्कासन गर्ने जनाएको छ । आयोगबाट अनुमति लिएर बोर्डमा आवेदन दिएको कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्ति गरेको छ ।

उता, सिनर्जी पावरले पनि २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न गत फागुन ५ गते आवेदन दिएको थियो । चुक्त पुँजी ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद सेयर निष्कासनका लागि अनुमति मागिएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्ति गरिएको छ । यस कम्पनीले दोलखामा १० मेगावाटको सिप्रिङ खोला सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit