विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो सेयरधनी सदस्यलाई चुक्ता पुँजीको ११.५० प्रतिशत नगद लाभांस दिने भएको छ । कम्पनीको गत साउन ४ गते बसेको सञ्चालक समितीको बैठकले नगद लाभांस दिने प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट आफ्नो सेयरधनी सदस्यलाई नगद लाभांस दिने प्रस्ताव गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आगामी भदौ ५ गते हुने कम्पनीको साधारणसभाले प्रस्ताव स्वीकृत गरेपछि वितरण गरिनेछ । साथै, साधारणसभाले साधारण सेयर निष्कासन गर्ने सम्बन्धमा पनि निर्णय गर्नेछ ।

साधारणसभा विद्युतीय माध्यम (भर्चुअल) बाट हुनेछ । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, वित्तिय विवरण, नाफा/नोक्सान हिसाब नगद प्रवाहा विवरण छलफल गरी पारित गर्नेछ । साथै, २०७८/७९ का लागि लेखा परिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

कम्पनीले इलामको माइ खोलामा निर्माण सम्पन्न ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेको छ । उत्पादीत विद्युत गोदक सबस्टेसनमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३