images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
मरिण गाउँपालिकामा ८० प्रतिशत विद्युतीकरण

काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर २ को करिब तीन सय घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । वर्षौदेखि ठेकेदारको लापरबाहीले राष्ट्रिय प्रणालीको विद्युत् पुर्याउन ढिलाई भएको आधा दर्जन गाउँमा बिजुली पुगेको हो ।

गाउँपालिका, वडा कार्यालय र स्थानीय नागरिकको विशेष पहलमा पालिकाअन्तर्गतका आधा दर्जन गाउँका घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले बताए ।

‘स्थानीय तह र नागरिकहरूको दुई महिनाको श्रमदानपछि ग्रिडको बिजुली ल्याएन सफल भएका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘ठेकेदार कम्पनीले लाइन निर्माणका लागि सबै उपकरणहरू उपलब्ध गराएपनि प्राविधिक टोली नखटाएपछि काम प्रभावित भएको थियो, हाम्रो क्षेत्रमा बिजुली ल्याउन हाम्रै पहलमा लाइनको काम अघि बढाएर सम्पन्न गरी बिजुली बाल्न सफल भएका छौैं ।’

पालिकाको वडा नम्बर २ अन्तर्गत रातमाटे, सिन्दुरेदोभान, जल्केनी पाङ्ग्रे डाँडा, ढाँडपाँखा, सिंजाली डाँडाँ, कटन डाडा, हात्ती गौँडालगायतका करिब ३०० घरधुरीमा बिजुली पुगको छ । वर्षौंको पर्खाइपछि गाउँमा बिजुली पुग्दा स्थानीयवासी निकै हर्षित भएका छन् ।

गाउँमा मुख्य प्रसारण लाइन पुगेपनि अझै घर–घरमा बिजुली प्रवाह हुने तार जोड्न बाँकी रहेको सिन्दुरे रातामाटा माध्यमिक विद्यालयका शिक्षक चन्द्रबहादुर गुर्मछानले बताए । बिजुली नभएकै कारण विद्यार्थीलाई आधुनिक प्रविधिको प्रयोगबाट पढाउन र सिकाउन भइरहेको समस्या पनि समाधान हुने भएको पनि उनले बताए ।

‘दशैंसम्म बत्ती बाल्ने लक्ष्यका साथ अहिले घर–घरमा वाइरिङको काम तीब्र गतिमा काम भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘विद्युत सेवा प्रवाह हुन थालेपछि यस क्षेत्रमा भएका विद्युतीय मेसिन तथा उपकरणहरू प्रभावकारी रुपमा सञ्चालन हुनेछन् ।’

गाउँमा बिजुली पुगेपछि स्थानीय हर्षित भएका छन् । रुफटप सोलार, लालटिन र टुकीको भरमा रात काट्दै आएका स्थानीयवासी गाउँवस्तीमा बिजुली बल्न थालेपछि खुसी मनाइरहेका छन् । परम्परागत ऊर्जा र रुफटप सोलारको भरमा रात विताउँदै आएका गाउँमा ढिलै भएपनि बिजुली आएको स्थानीय नवीन क्याप्छाकी मगरले बताए ।

गाउँमा बिजुली नहुँदा सामान्य मोबाइल चार्ज गर्न पनि समस्या हुने गरेको स्थानीयवासीले बताए । विद्युत सुविधा पुगेपछि आयआर्जनका विभिन्न कामहरू सुरु भएका छन् । रातको समयमा पनि उज्यालोमा घरयासी कामधन्दा गर्न, बालबालीकालाई पढ्न सहज हुनुका साथै मोबाईल चार्ज गर्न, टेलिभिजन जस्ता सञ्चारका साधनको प्रयोग गर्न सहज हुने भएको छ ।

‘हाम्रो गाउँभन्दा करिब ४ किलोमिटर दुरीमा रहेको माथिल्लो सखौरिमा विगत एक वर्षदेखि बिजुली बलिरहेको छ, हामी भने अन्धकारमा बस्न बाध्य थियौं, अहिले हाम्रै गाउँ झिलीमिली हुने भएको छ’ उनले भने । गाउँमा रुपटप सोलार भए पनि यसबाट २/३ वटा मात्र बत्ती बाल्न मिल्छ । अब, केन्द्रिय बिजुली पुगेपछि मिल, कुखुरा फार्मलगायत सानो उद्योगधन्दाहरू सञ्चालन गर्न समस्या नहुने पनि स्थानीयको भनाई छ ।

दुर्गम मानिएको ती बस्तीमा बिजुली पुर्याएपछि विकासका कार्यक्रम तथा आयोजनाको काम अघि बढाउन सहज हुने मगरले बताए । पालिकाअन्तर्गत अहिलेसम्म ८० प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । दशैअघि थप १० प्रतिशत घरधुरीले केन्द्रीय प्रणालीको विद्युत् प्रयोग गर्नेछन् ।

पालिकाअन्तर्गत बिजुली नपुगेको क्षेत्रमा विद्युतीकरण गर्न २०७८ चैतमा नै नेपाल विद्युत् प्राधिकरणले ठेकेदार कम्पनीसँग सम्झौता गरी काम अघि बढाएको थियो । ठेकेदार कम्पनीको लापरबाही र प्राधिकरणको बेवास्ताका कारण प्रसारण लाइन निर्माणको काममा ढिलाई भएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit