विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिइडिबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले साधारण सेयर निष्कासन गर्न नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएको छ । कम्पनीले बाेर्डमा आवेदन दिएको झण्डै ४ वर्षपछि बिहीबार साधारण सेयर निष्कासनको अनुमति पाएको हो ।

कम्पनीले २०७४ साल असार २७ गते कम्पनीमा सेयर निष्कासनको अनुमतिका लागि आवेदन दिएको थियो । अनुमति पाएसँगै कम्पनीकाे ८३ लाख ९४ हजार १ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिने भएकाे छ ।

प्रतिकित्ता सय रुपैयाँ मूल्य अंकित ८३ करोड ९४ लाख १० हजार रुपैयाँ बराबरको सेयर निष्कासन गरेर बाँडफाँड गर्ने कम्पनीकाे तयारी छ । अब छिट्टै साधारण सेयर निष्कासनकाे मिति ताेकिने कम्पनीले जनाएकाे छ । सेयर निष्कासन गरी बाँडफाँड गर्न सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

जलविद्युतकाे विकासमा लगानी गर्ने उद्देश्यले २०६६ साल मंसिर १५ गते याे कम्पनी स्थापना भएकाे हाे । अहिलेसम्ममा कम्पनीले लगानी गरेका ८.५८ मेगावाटका जलिवद्युत अयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । १८३ किलोवाटको स्याङ्गे, ४ मेगावाटको खुदी र ४.४ मेगावाटको राधी सिइडिबीकाे लगानीका आयोजना हुन् ।

यस्तै, कम्पनीको लगानी भएका ५ जलविद्युत आयोजना अहिले निर्माणाधीन छन् । ११ मेगावाटको तल्लो खारे, १२ मेगावाटको दोर्दी खोला–१, ५ मेगावाटको रुकुमगाड र ४५ मेगावाटको कसुवा खोला निर्माणाधीन छन् । ३० मेगावाटको न्यादी बुटवल पावर कम्पनीसँग लगानी साझेदारीमा निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit