विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सौर्य विद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको विद्युत खरिद सम्झौता (पिपिए) प्रतिस्पर्धाबाट गर्ने भएको छ । प्राधिकरणको आइतबार बसेकाे सञ्चालक समिति बैठकले सौर्य विद्युत आयोजनाको पिपिए गर्दा प्रतिस्पर्धाका आधारमा गर्ने निर्णय गरेको हो । 

सौर्य ऊर्जा प्रविधिबाट उत्पादन हुने विद्युतलाई सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन पिपिए प्रतिश्पर्धाबाट गर्ने निर्णय सञ्चालक समितिले गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बताइन् । उनका अनुसार विद्युत क्षेत्रलाई प्रतिस्पर्धी बनाउन सौर्य विद्युतबाट पिपिएमा प्रतिस्पर्धा गराउने कार्यको थालनी गर्न लागिएको हो ।

‘जनतालाई सहुलियत दरमा विद्युत उपलब्ध गराउन, विद्युत खरिदलाई प्रतिस्पर्धी तथा पारदर्शी बाउँदै लैजानुपर्छ’, उनले भनिन्,‘यसको सुरुवात सौर्य विद्युत आयोजनाबाट हुँदैछ । पछिल्लो प्रविधिले सौर्य ऊर्जा उत्पादनलाई सस्तो बनाउँदै लगेकाले पनि पिपिएमा प्रतिस्पर्धा गराउनु पर्ने निश्कर्षमा हामी पुगेका हौं ।’

उनले यसअघिको निर्णयअनुसार पनि ३ वर्षमा सौर्य विद्युतको पिपिए पुनरावलोकन गर्नुपर्ने नै भएकाले प्राधिकरणले प्रतिस्पर्धाका आधारमा पिपिए गर्ने निर्णय गरेको बताइन् । प्राधिकरणले विद्युत महसुल दर  सर्वसुलभ बनाउन, अन्तर्राष्ट्रिय प्रचलन, जनअपेक्षा, विद्युत माग र आपूर्तिको सन्तुलन एवं प्रचलित ऐन कानुनको मर्मलाई मध्यनजर गर्दै पिपिए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय भएको उनले बताइन् ।  

प्राधिकरणले अब सौर्य विद्युत आयोजनाबाट उत्पादित विद्युतको पिपिए गर्दा विद्युत आयोजनाहरूको उत्पादन समिश्रणको अवधारणाअनुसार राष्ट्रिय ग्रिडमा कूल जडित क्षमताको १० प्रतिशतको परिधिभित्र रहेर आवश्यक पर्ने क्षेत्रमा ‘आधार दर’ तोकी सो दरमा नबढ्ने गरी प्रतिस्पर्धामार्फत पिपिएका लागि आह्वान गर्नेछ । 

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा २०७४ माघ २५ मा स्वीकृत ग्रिड कनेक्टेड वैकल्पिक विद्युत ऊर्जा विकाससम्बन्धी कार्यविधि,२०७४ मा उल्लेखित सौर्य विद्युत र वायु ऊर्जाको विद्युत खरिद दर प्रतियुनिट ७.३० रुपैयाँ तोकिएको थियो । उक्त दर अधिकतम ३ वर्षभित्र विद्युत खरिद सम्झौता सम्पन्न हुने सौर्य विद्युत आयोजनाका लागि कायम हुने प्रावधान राखिएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सो निर्णयलाई प्राधिकरण सञ्चालक समितिले २०७५ असार २६ को ७७३ औँ बैठकबाट निर्णय गरी कार्यान्वयमा ल्याएको थियो । ३ वर्षका लागि तोकिएको उक्त दर हालसम्म पनि परिमार्जन हुन सकेको थिएन । 

हाल अन्तर्राष्ट्रिय बजारमा पछिल्लो विकसित प्रविधिका कारण सौर्य विद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको मूल्य निरन्तर घट्दो क्रममा रहेको छ । प्राधिकरणले अहिलेसम्म १ सय १० मेगावाटका २१ सौर्य विद्युत आयोजनासँग पिपिए गरेको छ । यसमध्ये ६ सौर्य विद्युत आयोजनाको निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा आइसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit