विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रदेश-२ काे महाेत्तरी जिल्लामा सयौ मेगावाटका सौर्य विद्युत आयोजना अघि बढेका छन् ।  निजी ऊर्जा उत्पादक कम्पनीले जलविद्युतकाे सम्भावना नरहेकाे यस जिल्लामा साैर्य विद्युत आयोजना अघि बढाएका हुन् ।

विद्युत विकास विभागकाे पछिल्लाे तथ्याङ्कअनुसार जिल्लामा २ सय ९० मेगावाटका ९ सौर्य आयोजना अघि बढेका छन् । जसमा एक सय मेगावाटका सौर्य आयोजनाको अध्ययन भइरहेको छ । १ सय ९० मेगावाटका सौर्य आयोजनाको पहिचान गरी अध्ययन अनुमतिका लागि आवेदन परेको विभागको वेपसाइटमा उल्लेख छ ।

जिल्लाका अध्ययन भएका आयोजनामध्ये सबै भन्दा ठुलो मिथिला इनर्जी प्रालिले अघि बढाएको छ । कम्पनीले जिल्लाको लोहरपट्टी लगरपालिकामा एक सय मेगावाटको सौर्य आयोजनाको अध्ययन गरिरहेको छ । कम्पनीले विभागबाट २०७७ फागुन २८ गते अध्ययन अनुमति लिई अध्ययनको काम अघि बढाएको हो । विभागका अनुसार यो आयोजनाको अध्ययन आगामी फागुनभित्र पूरा गर्नुपर्नेछ ।

यही कम्पनीले १ सय ४० मेगावाटको ३ सौर्य आयोजना पहिचान गरी अध्ययन अनुमतिका लागि विभागमा आवेदन दिएको छ । जिल्लाको गौशाला नगरपालिकामा पहिचान भएको ८० मेगावाटको सौर्य आयोजना अध्ययन अनुमतिका लागि गत साउन १ गते आवेदन दिएको कम्पनीले जनाएको छ ।

यस्तै, ६० मेगावाटको दुई सौर्य आयोजना जिल्लाको बर्दीबास नगरपालिकामा अघि बढाउन आवेदन दिइएको छ । कम्पनीले अनुमतिका लागि गत असोजमा आवेदन दिएको हो ।

ग्रिन भिलेज भेन्चर्सले पनि २० मेगावाटको दुई सौर्य आयोजना पहिचान गरी अघि बढाउन अनुमतिका लागि विभागमा आवेदन दिएको छ । कम्पनी यी आयोजना अघि बढाउन अनुमति माग गर्दै गत भदौ ३० गते विभागमा आवेदन पेश गरेको छ ।

पवन इनर्जीले २० मेगावाटको दुई सौर्य आयोजना   हात्तिसर्वा गाउँपालिकामा अघि बढाउन गत कात्तिक १ गते र सितल पावरले १० मेगावाटको सौर्य आयोजना अघि बढाउन गत साउन १ गते अनुमति माग गर्दै आवेदन दिएको विभागको वेपसाइटमा उल्लेख छ ।

विभागका अनुसार हालसम्म ९२ मेगावाटका १६ आयोजनाले उत्पादन अनुमति, ५६८ मेगावाटका २१ आयोजनाले अध्ययन अनुमति पाएका छन् । यस्तै, ५९ मेगावाटका ९ आयोजनाले उत्पादन अनुमतिका लागि र ४०७ मेगावाटका ३३ आयोजनाले अध्ययन अनुमतिका लागि आवेदन दिएका छन् ।

पछिल्लो समय लगानीकर्ताको आकर्षण सौर्य ऊर्जामा बढ्दै गएको छ । सरकारले मिश्रित ऊर्जाको अवधारणका कारण सौर्य विद्युत आयोजनाको विकासमा लगानी गर्ने लगानीकर्ताको सख्या बढ्दै गएको हो । साथै, जलविद्युत आयोजनाको तुलनामा सस्तो र छिटो हुने भएकोले पनि लगानीकर्ताको आकर्षण बढ्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit