विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । निजी क्षेत्रको प्रतिष्ठित कम्पनी अपि पावर लिमिटेडले निर्माण गरेको १ मेगावाटको सिमरा सौर्य आयोजना सञ्चालनमा ल्याएको छ । तोकिएको लागत र समयभित्रै विद्युत उत्पादन गरेर सर्वसाधारण तथा लगानीकर्ताको विश्वास जितिरहेको कम्पनीले यो आयोजना पनि निर्माण सुरु भएको ६ महिनामै सञ्चालनमा ल्याएको हो ।

इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) ठेक्का प्रणालीमा ठेकेदार कुशल प्रोजेक्ट्स नेपाल प्रालिले निर्माण गरेको आयोजनाको वार्षिक बिजुली उत्पादन क्षमता प्रतिवर्गमिटर ४.९५ युनिट रहेको छ । यस्तै, औसत तापक्रम २५.३ डिग्री सेल्सियस र औसत वायु गति ३.२४ किलोमिटर प्रतिघन्टा रहँदा वार्षिक औसत विद्युत उत्पादन १६ लाख ३० युनिट हुने अनुमान गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट उत्पादित बिजुलीको दर प्रतियुनिट ७.३० रुपैयाँ तोकिएको छ । यसको आधारमा आयोजनाले वार्षिक १ करोड १८ लाख रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ ।

मधेस प्रदेश पर्सा जिल्लाको सिमरामा निर्मित सिम्ररा सौर्य आयोजना नाम दिइएको यो क्षेत्र भौगोलिक निर्देशांक २७.१६ डिग्रीदेखि २७.१४ डिग्री उत्तरी अक्षांश र ८४.९७५ डिग्रीदेखि ८४.९५८ डिग्री पूर्वी देशान्तरबीच पर्दछ । आयोजनाको स्थापित १.२ मेगावाट डिसी क्षमता रहेको र प्राविधिकरूपमा २०.१ प्रतिशत दक्षताका लङ्गी ४५० डब्लूपी मोनो क्रिस्टलाइन मोड्युलका २६८८ वटा सौर्य पाता उपयोग गरिएको छ । दक्षिणतर्फ फर्काएर राखिएको सौर्य प्यानलको प्रत्येक टेबलमा ५६ र २८ सौर्य प्यानलहरू छन् ।

उत्पादन भएको डिसी ऊर्जालाई एसीमा रूपान्तरण गर्न एउटा १.४ एमभिए क्षमताको एबिबी केन्द्रीय इन्भर्टर जडान गरिएको छ । ९८.६ प्रतिशत दक्षताको यस इन्भर्टरद्वारा उत्पादित ६९० भोल्ट एसी करेन्टलाई परिवर्तन गर्न थ्री फेजको १२५० केभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ । यसबाट उत्पादित ६९० भोल्ट एसी करेन्टलाई ११ केभीमा रूपान्तरण गरिदिन्छ ।

ट्रान्सफार्मरबाट निस्किएको एसी ऊर्जा एबिबीको ११ केभी हाईटेन्सन भ्याकुम सर्किट ब्रेकरको माध्यमबाट २० मिटरको दूरीमा ट्यापिङ गरी ग्रिडमा जोडिएको छ । यो आयोजनाले स्वच्छ र हरित ऊर्जा उत्पादनमात्र नगरी, राष्ट्रिय ग्रिडमा सकारात्मक योगदान पुर्याउन उल्लेखनीय भूमिका निर्वाह गर्नेछ । साथै, आयोजना निर्माणमा २०० भन्दा बढी स्थानीयले श्रमदान गरको जनाइएको छ । अब त्यस क्षेत्रका स्थानीय तथा कृषकहरूले राम्रो गुणस्तर र स्थिर भोल्टेजको बिजुलीको सुविधा पाउने अपेक्षा गरिएको छ ।

कुशल प्रोजेक्ट्सले डेढ वर्षमा देशभित्र ४ वटा सौर्य आयोजना सफलतापूर्वक सञ्चालन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit