नेपाल ऊर्जामा आत्मनिर्भर हुँदै विद्युत् निर्यात गरी हरित ऊर्जा विकासको लक्ष्यमा अघि बढिरहेको छ । यस सन्दर्भमा सौर्य ऊर्जा अब वैकल्पिक स्रोतमात्र रहेन । देशको ऊर्जा मिश्रणलाई सन्तुलित बनाउन, हिउँदमा जलविद्युत्को दबाब घटाउन र विद्युत् उत्पादनको गति बढाउन सौर्य ऊर्जा महत्त्वपूर्ण आधार ब...
काठमाडौँ । सोलार पावर प्रोड्युसर्स एशोसिएसन नेपाल (सोपान) ले विद्युत् नियमन आयोग (इआरसी) का अध्यक्ष डा. रामप्रसाद धिताल तथा आयोगका सदस्यहरूसँग शिष्टाचार भेटघाट गरी नेपालको सोलार ऊर्जा क्षेत्रको नियमन र सुधारका लागि ध्यानाकर्षण गराएको छ ।
सोपानका अध्यक्ष डा. सन्दीप शाहको नेतृत्वमा गएको प्रति...
काठमाडौँ । दाङमा १० मेगावाटको ‘लमही सौर्य विद्युत् आयोजन’ निर्माण गरिने भएको छ । प्राइम पावर लिमिटेडले जिल्लाको लमही नगरपालिका– ७ मा उक्त आयोजना निर्माण गर्न लागेको हो । यसका लागि उत्पादन अनुमतिपत्रको माग गर्दै प्रवर्द्धक कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघ...
काठमाडौँ । स्वतन्त्र नीति अनुसन्धान निकाय ‘नेशनल पोलिसी कन्सर्न एन्ड रिसर्च’ले ऊर्जा क्षेत्रका गम्भीर तथा जटिल समस्याहरू समाधानको माग राख्दै प्रधानमन्त्री र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । संस्थाले यस क्षेत्रको वृहत्तर विकासका लागि २०७० अघि र पछिको विद्यु...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा इपानले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । उनले विगत साढे दुईदेखि इपानले देशको ऊर्जा क्षेत्रलाई सबल बनाउँदै आत्मनिर्भ...
काठमाडौँ । सौर्य विद्युत् प्रविधिमा अग्रणी चिनियाँ कम्पनी लङ्गी र नेपालको मोघा नवीकरणीय ऊर्जा बीच रणनीतिक साझेदारी सुरु भएको छ । उक्त साझेदारीअन्तर्गत लङ्गीले उत्पादन गरेका नवीन प्रविधिकाे (नयाँ संस्करणको लङ्गी हाइ–मो एक्स–१०) उच्च दक्षतायुक्त सौर्य प्यानल नेपालमा औपचारिक रूपमा सार्वजनिक...
दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुमा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति सुरु गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोग र स्थानीय उपभोक्ताको श्रमदानमा निर्माण गरिएको ५३ किलोवाट क्षमताको सौर्य मिनिग्रिडबाट १२० परिवार लाभान्वित भएका छन् ।
मिनिग्रिड सञ्चालनमा आएसँगै १२० प...
काठमाडौँ । सौर्य ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (सोपान) ले नेपाल विद्युत् प्राधिकरणसमक्ष सौर्य ऊर्जा रूपान्तरणको लक्ष्य प्राप्तिका लागि १० बुँदे प्राथमिकता सूची प्रस्तुत गरेको छ । सोपानका प्रतिनिधिमण्डलले बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भेट गरी सौर्य ऊर्जा क्षेत्रको वि...
मोरङ । कोशी प्रदेश सरकार अन्तर्गतको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले विभिन्न डिभिजन कार्यालयमा कार्यरत इञ्जिनियर, सब–इञ्जिनियर तथा प्राविधिक कर्मचारीलाई लक्षित ३ दिने ‘सौर्य लिफ्टिङ प्रणाली डिजाइन तथा लघु जलविद्युत् आयोजना मर्मत–सम्भार सीप विकास तालिम’ सुरु गरेको छ । ता...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौँ सभामा भाग लिन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट सोमबार अपरान्ह उनी दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको हो । ४० भन...