विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अपि पावर कम्पनीले ८ मेगावाटको परवानीपुर सौर्य विद्युत आयोजनामा लगानी जुटाएको छ । कम्पनीले निर्माण गर्न लागेको सौर्य विद्युत आयोजनामा बैंक अफ काठमाडौंले एकल ऋण लगानी गर्न लागेको हो ।

कम्पनी र बैंकबीच शुक्रबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कम्पनीकोतर्फबाट प्रबन्ध निर्देशक सन्जीव न्यौपाने र बैंककोतर्फबाट अनिल श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार कूल ६४ करोड रुपैयाँ लागतको सौर्य विद्युत आयोजनामा बैंकले ४९ करोड ५० लाख रुपैयाँ ऋण लगानी गर्नेछ । निर्माण सुरु गरेको ६ महिनामा सम्पन्न गरी सौर्य विद्युत आयोजनाबाट उत्पादन हुने विद्युत परवानीपुर सबस्टेसनमा जोड्ने कम्पनीले जनाएको छ ।

कम्पनीले यसअघि पनि रौतहटमा ४ मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गरी प्रसारण प्रणालीमा जोडिसकेको छ । अहिले निर्माणाधीन १/१ मेगावाटका सिमरा र ढल्केबर सौर्य विद्युत आयोजना अन्तिम चरणमा पुगेका छन् । यी सबै साैर्य विद्युत आयोजनामा बैंक अफ काठमाडाैंले लगानी गरेकाे छ ।

साढे १६ मेगावाटका नाैगाड र माथिल्लाे नाैगाड गरी २ जलविद्युत आयोजनाको सफल निर्माण गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको कम्पनीले सौर्य विद्युत आयोजनामा पनि लगानी बढाउँदै लगेको छ । सूदुरपश्चिम प्रदेशमा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना पनि निर्माणाधीन छ । यो आयोजनाको करिब ४० प्रतिशत निर्माण सकिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit